• २०८१ बैशाख ८ शनिबार

प्रकाण्डलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काभ्रेको आदेश 

kharibot

काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

जिल्ला अदालत काभ्रेले तीन दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनी विरुद्ध काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको अभियोग छ।

विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणका रिट दर्ता भएको छ।

उनका छोरा वीरेन्द्र विकले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्। प्रहरीले साउन २२ गते प्रकाण्डलाई पक्राउ गरेको थियो।

चन्दा उठाएको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरे पनि बन्दी प्रत्यक्षीकरणमा उनी गत शुक्रबार रिहा भएका थिए। तर प्रहरीले रिहा भए लगत्तै अदालत परिसरबाट पक्राउ गरी काभ्रे लगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै