• २०८१ बैशाख १३ बिहीबार

राप्रपाले चलायो सक्रिय सदस्यता वितरण अभियान, अध्यक्ष थापाबाट सुरुवात 

kharibot

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएका छन्। 

यसैगरी अध्यक्ष कमल थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्ती मगर, कोषाध्यक्ष उद्धब पौडेल,प्रबक्ता भुवन पाठक,सुशील श्रेष्ठ, सह-महामन्त्री चन्द्रबहादुर बहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रा, सहायक महामन्त्रीहरु कुन्ती शाही, राजाराम बर्तौला लगायतका पदाधिकारी र सदस्यहरु र पाँच सय भन्दा बढी विभिन्न तहका सदस्यलाई सक्रिय सदस्यता प्रदान गरेका हुन्। 

गत जेठमा विरगंजमा सम्पन्न केन्द्रीय परिषदको बैठकले निर्देश गरे बमोजिम र त्यस लगत्तै काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यान्वयन गर्ने निर्णय अनुसार संगठन विभागले कार्यविधि बनाइ अभियानको सदस्यता वितरण शुरु गरेको हो। 

नयाँ व्यवस्था अनुसार पुरानो सदस्यताको अनिवार्य नवीकरण र चालू वर्षमा थप पचास हजार सक्रिय सदस्य बनाउने लक्ष्य राप्रपाले लिएको छ। राप्रपालाई स्मार्ट पार्टी बनाउने अभियान अन्तर्गत सफ्टवेयर बनाएर सबै किसिमका सदस्यको इलेक्ट्रोनिक अभिलेखिकरणको तयारी गरिदैछ।

राप्रपाले सक्रिय सदस्य कै आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा छलफल थालेको छ, यसअघि गाउँ, नगर, क्षेत्र, जिल्लाको प्रतिनिधित्वका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्थालाई परिवर्तन गरि यो नयाँ व्यवस्था गर्न छलफल थालिएको हो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै