• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा दोहोरो अंकले गिरावट, सबै सुचक रातै, ३२ करोड ५२ लाखको सेयर किनबेच

kharibot

काठमाडौं। साताको पहिलो कारोवार दिन आज आईतबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको छ । सेयर बजार परिसुचक आज १४ दसमलव तीन अंकले घटेर ११ सय ९६ दसमलव २९ बिन्दुुमा झर्दा सेन्सिटिभ दुई दसमलव ८५ अंकले घटेर दुई सय ५२ दसमलव ५३ बिन्दुुमा झरेको छ । 

एक सय ६० कम्पनीहरुको चार हजार एक सय ६० वटा कारोवारमा १५ लाख ६४ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३२ करोड ५२ लाख ३४ हजार सात सय ११ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार  हुुदा सबै सुचक घटेर नेप्से रातै भएको छ । बाँणिज्य बैक समुहको सुचक २३ दसमलव पाँच अंकले घटेर १८ सय २६ दसमलव ७२ बिन्दुुमा झर्दा ११ करोड १५ लाख ७५ हजार रुपैयाँको सेयर खरद बिक्री भएको छ । यसैगरी बिकास बैंक समुहको सुचक पनि २० दसमलव ८२ अंकले घटेर १४ सय ४८ दसमलव ५१ बिन्दुुमा झर्दा चार करोड २७ लाख ४४ हजार आठ सय रुपैयाँको सेयर  खरिद बिक्री भएको छ ।

आज जलबिद्युुत समुहको सुचक पनि ११ दसमलव तीन अंकले घटेर १४ सय दुुई दसमलव १६ बिन्दुुमा भर्दा ६२ लाख ५८ हजार आठ सय २० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जीवन बीमा समुहको सुचकपनि आज ६४ दसमलव ८६ अंकले घटेर पाँच हजार सात सय ३६ दसमलव ९८ बिन्दुुमा झर्दा एक करोड ५६ लाख एक हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि आज गिरावट आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७१ पैसाले बढेर एक सय ११ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नागवेली लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य पाँच रुपैयाँ ३७ पैसाले घटेर एक हजार ४१ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको ग्रामिण बिकास लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता पाँच सय ८३ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ४५ लाख ७६ हजार तीन सय चार रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै