• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रपतीय चुनावबारे अनुसन्धानमा सहयोग गर्न ट्रम्पको आदेश

kharibot

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगन र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताएका छन् ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले म्याकगानले विशेष अनुसन्धाता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानमा मद्दत गरेको छापेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । मुलरको टोलीले म्याकगनसँग तीन पटकमा ३० घण्टाभन्दा बढी अन्तर्वार्ता लिएको थियो ।

“मैले ह्वाइट हाउसका सहयोगी डन म्याकगान समेतका सबै कर्मचारीलाई मुलरको अनुसन्धान टोलीलाई सहयोग गर्न अनुमति दिएकै हो,” ट्रम्पले ट्वीटमा भनेका छन् । “यसबाहेक हामीले १० लाख पृष्ठ दस्तावेज पनि दिएका छौं । इतिहासमा यो नै सबैभन्दा पारदर्शी हो । कुनै साँठगाँठ छैन, कुनै अबरोध पनि छैन । अनावश्यक खेदो मात्र ।”

'विशेष अनुसन्धाता रोबर्ट मुलरको अनुसन्धानले आफ्नो राष्ट्रपतीय कार्यभारलाई बदनाम मात्र गरेको छ र उनले यो अनुसन्धान तत्काल टुङ्ग्याउनु पर्दछ,' भन्दै ट्रम्पले बारम्बार दबाब दिइरहेका छन् ।

टाइम्सका अनुसार म्याकगनमाथि संघीय जाँच ब्यूरोका निर्देशक जेम्स कोमेको बर्खास्ती, विशेष अनुसन्धान टोलीका प्रमुख मुलरमाथि राष्ट्रपतिले गर्न लागेको कारबाहीलगायतका पेचिला प्रश्नहरु सोधेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै