• २०८१ बैशाख १३ बिहीबार

अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल जोनसनले लिए सन्यास

kharibot

काठमाडौँ।  अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल जोनसनले सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका छन्। सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका जोनसनले त्यसपछि टि-२० लिग खेल्ने गरेका थिए। उनले  कोलकोता नाइटराइडरबाट आइपिएल खेलेका थिए। 

जोनसनले सन्यासको घोषणा गर्दै आफुले आफ्नो  फालिसकेको र अन्तिम विकेट पनि लिइसकेको बताए। आफुले अर्को बर्षको मध्यसम्म टि-२० लिग खेल्ने  भएपनि आफ्नो शरीरले साथ नदिएको भन्दै सन्यास लिएको जानकारी गराएका छन्।      

जोनसन गत सिजनको आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्न असफल भएका थिए। करिब २ करोडमा आइपिएलमा कोलकोताबाट खेलेका उनले ६ खेलमा केबल २ विकेट लिएका थिए। आइपिएलकै क्रममा उनको ढाडको समस्या देखिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि खेलेका टि-२० लिगमा जोनसनले ३३ खेलमा ३१ विकेट लिएका थिए।

जोनसनले अस्ट्रेलियाका लागि भने ७३ टेस्ट खेलमा ३१३ विकेट लिएका छन् भने १५३ एकदिवसीय खेलमा २३९ विकेट लिएका छन्।  त्यस्तै अस्ट्रेलियाका लागि खेलेको ३० टि-२० खेलमा ३८ विकेट लिएका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै