• २०८१ बैशाख ७ शुक्रबार

ला लिगामा बार्सिलोनाको विजयी सुरुवात, मेसीले बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ। ला लिगामा गत बर्षको च्याम्पियन बार्सिलोनाले विजयी सुरुवात गरेको छ।  गएराती भएको ला लिगाको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी फुरुवात गरेको छ। 

बार्सिलोनाका लागि लियोनेल मेसीले २ गोल गरे भने फिलिप कोटिन्होले एक गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा बार्सिलोनाको कप्तानसमेत रहेका मेसीले ६४औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। बार्सिलोनाका लागि दोस्रो गोल खेलको ८३औ मिनेटमा कोटिन्होले गरेका थिए।  त्यस्तै तेस्रो गोल इन्जुरी  ९२औ मिनेटमा मेसीले गरेका थिए। 

ला लिगामा बार्सिलोनाको ६ हजारौ गोल मेसीले गरेका थिए। यस अघिमेसीले सन् २००९ मा बार्सिलोनाका लागि ५ हजारौ गोल पनि गरेका थिए।  बार्सिलोनाले ला लिगामा गरेका ६ हजार गोल मध्ये ६.४ प्रतिशत अर्थात ३८५ गोल मेसी एक्लैले गरेका छन्। मेसीले ला लिगाको इतिहासमा लगातार १५औ सिजन गोल गरेर नयाँ रेकर्ड बनाएका छन्। 

यसका साथै ला लिगाको इतिहासमा ६ हजार गोल गर्ने बार्सिलोना दोस्रो कल्ब भएको छ।  अर्को क्लब रियल म्याड्रिडले ला लिगामा अहिलेसम्म ६०४१ गोल गरेको छ।    
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै