• २०८१ बैशाख ११ मंगलबार

सिरी ए मा युभेन्टसको विजयी सुरुवात, रोनाल्डोको डेभ्यु खेल सुखद 

kharibot

काठमाडौँ।  इटालियन सिरी ए मा युभेन्टसले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा युभेन्टसले चिएभोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। 

युभेन्टसको जितमा सामी खेदीरा र फेडेरिको बर्नानडेसचीले एक एक गोल गरे भने एक गोल चीएभोका माटिया बानीले आत्मघाती गोल गरेका थिए।  त्यस्तै चीएभोका लागि मारिउस्ज स्तेपेन्स्कि र इमानुएल गियाचेरिनीले गरेका थिए। 
 
क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि सिरी ए मा डेभ्यु गर्दै उनको पहिलो खेल सुखद भएको छ।  पहिलो खेलमा रोनाल्डोले गोल नगरेपनि जितसँगै युभेन्टसको यात्राको सुरुवात गरेका छन्। युभेन्टसले गरेका तिनै गोलमा रोनाल्डोको कुनै योगदान नभए पनि युभेन्टसले अन्तिम मिनेटमा गोल गर्दै सिरी ए मा नाटकीय जित हासिल गरेको हो।   

युभेन्टसले खेलको तेस्रो मिनेटमा नै खेदीराको गोलबाट सुरुवाती अग्रता लिएको थियो। त्यपछि खेलको ३८औ मिनेटमा चिएभोका लागि स्तेपेन्स्किले गोल गर्दै खेल बराबरी गरेका थिए।  पहिलो हाफमा १-१ गोलको बराबरीमा रहेका दुवै टिम दोस्रो हाफमा पनि प्रतिष्पर्धात्मक खेल भएको थियो। दोस्रो हाफको ५६औ मिनेटमा चिएभोले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै गियाचेरिनीले चिएभोलाई २-१ को अग्रता दिलाएका थिए। 

तर खेलको ७५औ मिनेटमा चिएभोका बानीले आफ्नै गोल पोष्टमा गोल गरेपछि युभेन्टसले खेल २-२ को बराबरी गरेको थियो।  युभेन्टसका लागि निर्णायक गोल खेलको इन्जुरी समयमा बर्नानडेसचीले गरे। ९३औ मिनेटमा गोल गर्दै युभेन्टसले सिरी ए मा जितसँगै सिजनको सुरुवात गरेको छ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै