• २०८१ बैशाख ११ मंगलबार

प्रियंका र निकले गरे भारतीय परम्परा अनुसार इन्गेजमेन्ट 

kharibot

मुम्बई । बलिवुडबाट हाल हलिवुडमा जमिरहेकी अभिनेत्री प्रियंका चोपडाले आफु भन्दा १० बर्ष कान्छा हलिवुडका गायक जोनाससँग भारतीय परम्परा अनुसार इन्गेजमेन्ट गरेकी छन्। यस लन्डनमा आफ्नो जन्मदिनको अवसरमा प्रियंका र निकले इन्गेजमेन्ट गरेको खुलासा भएपनि उनीहरुले भारतीय परम्परा अनुसार शनिबार इन्गेजमेन्ट गरेका हुन्। 

हलिवुडका अवार्ड समारोहहरु देखि अन्य सार्वजनिक समारोह प्रियंका निकसँग सँगै देखिन थालेपछि उनीहरुबीच अफ्येर्स चेल्को खुलासा भएको थियो। अफ्येर्सको  केहि महिनामा मै दुवैले इन्गेजमेन्ट गरेका छन्। । गायक निक जोनास केबल २५ बर्षका छन् भने प्रियंका अहिले ३५ बर्षकी भएकी छन् । 

हलिवुडका यी युवा गायक निकले यस अघि हाइप्रोफ़ाइल सेलिब्रेटीसँग डेट गरिसकेका छन् । जोनासले अमेरिकन मोडल तथा मिस युनिभर्स २०१२ ओलिभिया कुल्पोसँग डेट गरेका थिए भने उनको २०१५ मा ब्रेकअप भएको थियो । त्यस्तै निकले अमेरिकी अभिनेत्री केट हडसन, अमेरिकन अभिनेत्री एन्जेला सराफेयन र भिक्टोरिया मोडल जर्जिया फोवलरलाई डेट गरिसकेका छन् ।   

प्रियंकाको इन्गेजमेन्टमा बलिवुडका कैयौ चर्चित सेलिब्रेटी पुगेका छन्।  जसमा दीपिका पदुकोने,  संजयलिला भन्साली, करण जोहर, मनिष मल्होत्रा, परिणिति चोपडा रहेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै