• २०८१ बैशाख ८ शनिबार

राष्ट्रसंघका पुर्व महासचिव कोफी अन्नानको निधन 

kharibot

काठमाडौँ।  संयुक्त राष्ट्रसंघका पुर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ । कोफी अन्नान फाउन्डेशनले अन्नानको सामान्य विरामीपछि निधन भएको उल्लेख गरेको छ। 

सन् १९९७ देखि २००६ मा संयुक्त राष्ट्रसंघमा महासचिवको रुपमा काम गरेका अन्नानलाई मानव अधिकारको क्षेत्रमा उनको योगदानको सम्मान स्वरुप सन् २००१ मा नोबेल पुरस्कार समेत दिइएको थियो । उनले राष्ट्रसंघको कार्यकाल पछि सिरियामा भएको द्वन्द्व समाधान गर्न विशेष दूतको रुपमा समेत काम गरेका थिए । 

घानामा जन्मेका अन्नान संयुक्त राष्ट्रसंघको कर्मचारीबाट महासचिवमा पुग्ने पहिलो व्यक्ति हुन् । उनका श्रीमती र तीन छोराछोरी रहेका छन् । उनको निधनमा कोफी अन्नान फउन्डेसनले विज्ञप्ति जारी गर्दै ‘ग्लोबल स्टेट्स्टम्यान’ गुमाएको जनाएको छ । 

अन्नानले एचआईभी एड्सको संक्रमण, इराक युद्ध तथा जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेका थिए  । संयुक्त राष्ट्रसंघमा काम गर्ने उनी काला जातिका पहिलो व्यक्ति हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै