• २०८१ बैशाख १३ बिहीबार

म्याग्दीमा छोरीको स्मृतिमा विद्यालयमा अक्षयकोष

kharibot

म्याग्दी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा एक महिलाले दिवङ्गत छोरीको स्मृतिमा रू. तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।

अष्ट्रेलियालियाको सिड्नीमा २०७४ भदौ १ गते दिवङ्गत भएकी सङ्गीता राम्जालीको वार्षिक पुण्य तिथि पारेर उनकी आमा धनकुमारी थापाले गरीब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि अक्षयकोष स्थापना गरेकी हुन् ।

कोषको ब्याजबाट १–५, ६–८, ९ र १० मा सबैभन्दा बढी अङ्क ल्याउने अन्य र दलित समुदायका एक/एक जना तथा विद्यालयमा सबैभन्दा बढी अङ्क ल्याउने थप एक जनालाई वार्षिक रु दुई हजारका दरले पुरस्कृत गरिने प्रअ पृथबहादुर थापाले जानकारी दिए ।

यसैगरी विपन्न समुदायका छ जनालाई वार्षिक रु एक हजारका दरले सहयोग गरिने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै