• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीको प्रदेशसभा सम्बोधन : पानी जहाज त प्रदेश २ बाटै चल्छ

kharibot

काठमाडौँ । प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश २ बाटै पानी जहाज चलाउने बताए। प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश २ बाट नै पानी जहाज चल्ने भएकाले प्रदेश २ भाग्यमानी रहेको बताए। 

रेल मार्ग, हुलाकी मार्ग लगायतका आयोजना यसै प्रदेशमा बन्ने भएकाले यो प्रदेश भाग्यमानी भएको बताए। पहिला आफुले पानी जहाज चलाउदा राम्रै हुने बताएको, मलाई धेरै उडाए अब नेपालको झन्डा राखेर पानी जहाज चलाएरै छोड्ने बताए ।

उत्पादन बढाएर विदेश पठाउनु पर्ने बताउदै विभिन्न फलफुल उत्पादन गरेर विदेश  बताए। प्रधानमन्त्री ओलीले दुधजन्य उत्पादन बढाएर विज्ञानप्रविधिको प्रयोगले उत्पादनको दायरा फराकिलो बनाउन सकिने बताए। 

प्रधानमन्त्री ओलीले योजना बनाएर केन्द्रमा पठाउन आग्रह गर्दै केन्द्र सरकारले कार्यान्वयन गर्ने बताए। सरकारलाई अहिले रेल बनाउने भनेर उडाएको भन्दै दैनिक हुने समस्या मात्रै हेरे हाम्रो समग्र विकास नहुने बताए।  हुलाकी राजमार्ग, रेलको विकासमा सरकारले सक्रियताका साथ काम गरिरहेको बताए।  भारत र चीनले नेपालमा रेलमार्गमा सहयोग गर्ने भएको बताए। 

हिमाली भेगको पानीमात्र विदेश पठाए पैसै पैसा आउने बताउदै उनले जडिबुटीको निकासीमा प्रचुर सम्भावना रहेको बताए। प्रदेश २ मा नै पहिलो पटक रेलमार्ग विस्तार हुदै गरेको भन्दै शहरी विकास र सडकमा प्रदेश २ मा तिब्रता आइरहेको बताए। धनुषा-विराटनगर, ढल्केबर-जनकपुर सडकलाई चक्रपथको रुपमा बनाउने योजना रहेको बताए। 

प्रधानमन्त्री मोदीलाई आफुले जनकपुर र मुक्तिनाथ बोलाएको कारण धेरैले नबुझेको भन्दै मोदीको भ्रमण पछि जनकपुर र मुक्तिनाथमा पर्यटकको संख्यामा उलेख्य वृद्धि भएको बताए।

प्रदेशका सांसदहरुलाई हामीहरुको अनुहार हेरेर, काम हेरेर नै जनताले विश्वास गर्ने बताउदै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई स्थापित गर्ने काम जनप्रतिनिधिको भएको बताए। सांसदहरुलाई जनताको नजरमा स्वच्छ, पारदर्शी हुनु पर्ने भन्दै जनतालाई धोका दिएर काम गरे लोकतन्त्रमा पर्ने देशको विकासमा असर पुग्ने बताए।  प्रधानमन्त्री ओलीले जनताले हामीलाई दिएको जिम्मेवारी पुरा गर्नुपर्ने भन्दै इमान्दार भएको जनताका समस्या समाधान गर्नुपर्ने बताए। 

प्रदेश २ मा ८ हजार सुरक्षित एकीकृत बस्ति निर्माण गर्ने कामलाई प्राथमिकता दिन आवश्यक भएको भन्दै पूर्वाधारसहितको बस्ति निर्माण गर्ने काम गर्नु पर्ने बताए।  शहरी विकास मन्त्रालयले आफ्नो कुल बजेटको ७० प्रतिशत तराइ मधेसमा छुट्टाएको भन्दै प्रधानमन्त्रीले हुलाकी सडकको काम तिब्र गतिमा काम हुने बताए। 

डुबानको विषयमा भारतसँग खुलस्त कुरा गरेको भन्दै दुवैलाई फाइदा हुने किसिमले यसको समाधान गरिने बताए।  अहिले भारत र चीनसँग राम्रो सम्बन्ध रहेको भन्दै दुवै देशसँग आपसी विश्वास बढेको बताए।

आगलागीबाट धेर इजन्धनको क्षति भएको भन्दै प्रधानमन्त्रीले परल र खरका छाना भएका घरमा जस्ता पाता लगाउन प्रति घर ५० हजारसम्म अनुदान दिने व्यवस्था गरिएको बताए। प्रदेश २  विश्वविधालय र मेडिकल कलेज आवश्यक रहेको भन्दै छिट्टै यसको निर्माणको पहल गर्ने बताए। प्रदेश २ मा निर्माण हुने मेडिकल कलेज रामराजा प्रसादको नाममा राख्ने विषयमा छलफल भैरहेको बताए। 

जनकपुर जस्तो पवित्र धार्मिक स्थलमा फोहोर व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै यस अघि निर्माण गर्ने भनिएको फोहोर व्यवस्थापन केन्द्र जग्गाको अभावमा नबनेको बताए। यसका लागि अब फेरी पहल गर्ने उनले बताए ।
विदेश यात्रालाई निरुत्साहित गरिएको भन्दै प्रधानमन्त्री ओलीले विदेश जाँदा सम्बन्धित कार्यक्रम र सम्बन्धित विषयको विज्ञ जानु पर्ने र फर्केपछि देशको हितमा काम गर्ने व्यक्ति विदेश जानुपर्ने बताए। 
नागरिकताको विषयमा बोल्दै नागरिकताका विषयमा कानुन बनाएर अहिले संसदमा रहेको भन्दै जन्मसिद्धले नागरिकता पाउने बताए । आमा वा बाबु मध्ये एक नेपाली भए नेपाली नागरिकता पाउने बताउदै प्रधानमन्त्री ओलीले कानुनमा केहि हेरफेर गर्नु परे गर्न सकिने बताए। 

संबिधान संशोधनका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले आफु ५० बर्ष भन्दा बढी राजनीतिमा सक्रिय रहेको भन्दै आफुले कहिले पनि संबिधान संशोधन हुदैन भनेर नभनेको बताए। उनले संबिधान गतिशील दस्तावेज भएको भन्दै उनले देश र जनतालाई चाहिएको बखत संशोधन हुने बताए। 
 
                     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै