• २०८१ बैशाख १३ बिहीबार

साताको सेयर : कारोवार रकम ५६ प्रतिसतले बढ्यो, एक अर्ब ४३ करोडको सेयर खरिद बिक्री

kharibot

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २२ हजार पाँच सय २० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा ५६ दसमलव १० प्रतिशत बढी हो । गत साता एक सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार तीन सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६ दसमलव ३८ अंकले घटेर अन्तिम दिन १२ सय १० दसमालव ३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा नौ दसमलव ६८ अंकले घटेर दुुई सय ५५ दसमलव ३८ अंकमा आईपुगेको छ । यो साता कारोबार रकम सात करोड ८४ लाख रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या एक लाख ७५ हजार कित्ताको आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १२ सय ६५ वटाको आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै