• २०८१ बैशाख ८ शनिबार

सिपिएलमा किरोन पोलार्डले हाने तुफानी शतक

kharibot

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट लुसिया स्टार्सबाट खेल्ने वेस्टइन्डिजका ब्याट्सम्यान किरोन पोलार्डले शतक हानेका छन्।  

शनिबार भएको खेलमा पोलार्डले बार्बाडोस ट्रीडेन्ट्सविरुद्ध खेल्दै ५४ बलमा १०४ रनको पारी खेलेका छन्। आफ्नो शतकीय पारीमा पोलार्डले ८ छक्का र ६ चौका हानेका थिए।  पोलार्डले हानेको शतक सिपिएलको छैठौ शतक हो भने यस सिजनको दोस्रो शतक हो।  यसै सिजनमा जमैका तलावाहका आन्द्रे रशेलले १२१ रनको पारी खेलेका थिए। 

सेन्ट लुसियाले पोलार्डको शतक र फ़्लेचरको ८० रनको मद्धतले बार्बाडोसलाई २२७ रनको लक्ष्य दिएको छ।  ६ विकेटको नोक्सानीमा सेन्ट लुसियाले बनाएको २२६ रन यस सिजनको सिपिएलको सबै भन्दा धेरै रन हो।      

यसअघि पाचौ संस्करण सम्पन्न भएको सिपिएल प्रतियोगिता छैठौ पटक हुदै छ । सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्। 

अहिलेसम्म सम्पन्न खेलमा जमैका टलावाहले ३ खेलम तिनै खेल जित्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने ट्रिनवागो नाइट राइडर्स ४ खेलमा २ जित र २ हारसहित ४ अंक लिएर दोस्रो स्थानमा रहेको छ।  त्यस्तै गुयाना अमेजन वारियर्स ३ खेलमा २ जित र १ हार सहित ४ अंक लिएर तेस्रो स्थानमा रहेको छ।  

बारबाडोस ट्रीडेन्टस एक खेल खेल्दै २ अंक हासिल गरेर चौथो स्थानमा छ भने सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स ३ खेलमा एक जित र २ हारसहित २ अंक लिएर पाचौ र सेन्ट लुसिया स्टार्स ४ खेलमा सबै खेलमा पराजित भएर अंक तालिकाको पुछारमा रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै