• २०८१ बैशाख १३ बिहीबार

आरआर क्याम्पसमा विद्यार्थी संघ संगठनको होडिङ बोर्ड हट्यो

kharibot

काठमाडौँ। सार्वजनिक शिक्षा र शैक्षिक संस्था प्रति बिकर्षण बढिरहेका बेला आर आर क्याम्पसमा भने एउटा सकरात्मक सुरुवात भएको छ । क्याम्पस छिर्ने वितिकै कुनै राजनीकि दलको पार्टी कार्यालय जस्तै लाग्ने आर आर क्याम्पस अहिले भने सुन्दर, चिटिक्क देखिन थालेको छ । 

क्याम्पसको ५८औं बार्षिक उत्सवको पुर्व सन्ध्यामा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको बृहत क्याम्पस सरसफाइ अन्तर्गत क्याम्पसमा रहेका सम्पुर्ण विद्यार्थी संगठनका होडिङ बोर्डहरु हटाएको हो । शिक्षा आर्जन गर्ने शैक्षिक संघसंस्थाहरुमा राननैतिक पार्टीको बोर्ड तथा झण्डा राख्दा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भन्दै क्याम्पसमा रहेका सम्पुर्ण विद्यार्थी संगठनका होडिङ बोर्डहरु हटाएको छ भने सरसफाई गरेर क्याम्पस चिटीक्क पारिएको छ  ।

स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसका अध्यक्ष तपेन्द्र जंग शाहीको नेतृत्वमा क्याम्पसमा कृयाशिल सम्पुर्ण विद्यार्थी संगठनको उपस्थितीमा सरसफाइ गरिएको अनेरास्ववियु अध्यक्ष एवं स्ववियुका उपाध्यक्ष श्रीकृष्ण उप्रेतीले जानकारी दिए । “विद्यार्थी राजनीतिको स्वरुप फेर्ने उदेश्यका साथ यो अभियानको थालनी आर आर क्याम्पसले  गरेको हो ।” उप्रेती भन्छन “यो आर आर ले सुरुवात गरेको छ यसको सिको मुलुकका अन्य क्याम्पसले पनि गर्नुपर्छ ।”

आर आर क्याम्पसले यहि ४ गते आफ्नो ५८औं बार्षिक उत्सव मनाउदैछ । “स्वतन्त्र विद्यार्थी युनियनको नयाँ टिम आएपछि निरन्तर विद्यार्थीका पक्षमा काम गर्दै आएको र क्याम्पको शैक्षिक वातावरण बनाउन हमेशा क्रियाशिल रहेको छ । अध्यक्ष शाहीले बताए । क्याम्पसमा नयाँ बिषय भित्रयाउने मास्टर्समा राजनीति शात्र ब्याच्लर्समा सामाजिक कार्य लगाएतका विषय र बषौंदेखिको शौचालयको समस्या पनि यसपटक हटेको छ । 

पत्रकारिताको केन्द्रिय क्याम्पसमा कार्यक्रम गर्न सभा हल नभएकाले बाहिर बाहिर कार्यक्रम गर्नुपर्ने बाध्यता क्याम्पस डे को दिन बाट अन्त्य हुदैछ । ३०० जना अटाउने सेमिनार हल उद्घाटन गर्दैछौ ।” अध्यक्ष शाहिले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै