• २०८१ बैशाख ८ शनिबार

रियलले गर्यो इन्टर मिलानविरुद्ध फिफामा उजुरी, मोड्रीचसँग गैरकानुनी तवरले सम्पर्क गरेको आरोप 

kharibot

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना मिडफिल्डर लुका मोड्रीचलाई इटालियन क्लब इन्टर मिलानले गैरकानुनी तवरले सम्पर्क गरिरहेको विषयमा फिफामा उजुरी गरेको छ। रियलले क्रोसियन प्लेमेकर मोड्रीचलाई इटाली लैजान खोजेको भन्दै उजुरी गरेको फिफाका प्रवक्ताले बताएका छन्। 

क्रिस्टियानो रोनाल्डोले रियल छोडेर इटाली गएपछि मोड्रीच पनि इटालियन क्लब इन्टर मिलान जाने हल्लाका बीच रियलले यस्तो उजुरी गरेको हो। इटालियन ट्रान्सफर विन्डो आगामी शुक्रबार सकिन लागेका बेला मोड्रीच इटाली जाने चर्चा पनि उत्तिकै बढेको छ। 

३२ बर्षिय प्लेमेकर सुपर कपको खेलमा एथलेटिकोविरुद्ध दोस्रो हाफमा सब्स्टिच्युटको रुपमा मैदानमा गएका थिए।  सो खेल रियलले ४-२ ले गुमाएको थियो। 

मोड्रीचले सन् २०१२ मा प्रिमियर लिग क्लब टोटनह्यामबाट रियल म्याड्रिडमा आएका थिए। मोड्रीचले क्रोसियालाई हालै सम्पन्न विश्वकपमा फाइनलसम्म पुर्याउदै विश्वकपमा गोल बल जितेका थिए।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै