• २०८१ बैशाख ७ शुक्रबार

जर्जियासँग अरबाजको विवाहमा परिवार बाधक बन्दै !

kharibot

मुम्बई। अभिनेता अरबाज खानले आफ्नी श्रीमती मलाइका अरोरासँगको सम्बन्ध विच्छेदपछि फेरी अर्को विवाहको तयारी गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । अरबाजले हाल डेट गरिरहेकी मोडल जर्जिया एंड्रीयानीसँग विवाह गर्ने तयारी गरेको बताइएको छ। 

डेक्कन क्रोनिकलका अनुसार अरबाजले जर्जियासँग विवाह गर्न परिवारको स्वीकृति मागेको उल्लेख गरिएको छ। रिपोर्टका अनुसार अरबाजलाई परिवारले अहिलेसम्म स्वीकृति नदिएको बताइएको छ। अरबाजको परिवारले मलाइकासँग सम्बन्ध विच्छेद हुनुमा अरबाज नै दोषी भएको बुझाइ रहेको बताइएको छ। 

अरबाजले आफ्नो क्यारियरमा खास प्रगति गर्न नसकेको भन्दै मलाइकाले असन्तुष्टि जनाउदै सम्बन्ध विच्छेद गरेको र मलाइकाले संघर्ष गरेर आफ्नो क्यारियर बनाएको अरबाजको परिवारको बुझाइ रहेको छ। यसैले पनि अरबाजले आफ्नो क्यारियरमा फोकस नगरेको भन्दै नयाँ विवाहका लागि स्वीकृति नदिएको बताइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै