• २०८१ बैशाख ७ शुक्रबार

एशियन गेम्सको फुटबलमा नेपाल भियतनामसँग पराजित  

kharibot

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा नेपालले भियतनामसँग पराजित भएको छ । इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा विहिबार भएको खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो। 

भियतनामको जितमा खेलको ३१औ मिनेटमा एङ्गुयनले गोल गरेका थिए भने ६४औ मिनेटमा फन भान डकले गोल गरेका थिए।  

नेपाल यो हारसँगै अब एशियन गेम्सको नक आउट चरणमा जाने सम्भावना सकिएको छ। पहिलो खेलमा एसियाली पावरहाउस मानिएको जापानसँग १–० को सम्मानजनक हार ब्यहोरेको नेपालले दोस्रो खेलमा अपेक्षा गरेकोभन्दा नराम्रो प्रदर्शन गरेको छ । 

समुह डि बाट भियतनामले दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरेको छ।  भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो। अब भियतनामले समुह चरणको अन्तिम खेल जापानसँग खेल्ने छ। 

एसियन गेम्सको समूह डीमा रहेको नेपालले तेस्रो खेल १९ अगस्टमा पाकिस्तानसँग खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै