• २०८१ बैशाख १२ बुधबार

राप्रपाले भन्यो-संघियताको दुष्प्रभाव र विकृति देखिन थाल्यो

kharibot

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आम जनताको पर्याप्त बहस र अभिमत बिना ल्याइएको संघियताको दुष्प्रभाव र विकृति देखिन थालेको बताएको छ। 

विहिबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पर्याप्त बहस र अभिमत बिना ल्याइएको संघियताको दुष्प्रभाव र विकृति देखिन थालेको बताउदै संघियता कार्यान्वयनका लागि जनतामा थोपरिएको करको बोझले जनजीवन अस्तव्यस्त र आक्रान्त बनेको बताएको छ। 

बैठकले देश भरका स्थानीय तहले जनतालाई कष्ट दिने गरि लगाएको कर खारेज गर्न माग गरेको छ। 

राप्रपाले स्थानीय, प्रदेश र संघीय सरकारबाट लगाइएको दोहोरो, तेहेरो करका कारण न्यून आयभएका जनतालाई जीवन धान्न नै गार्हो भएको बताएको छ। राप्रपाको बैठकले राप्रपाले जितेका स्थानीय तहमा करको दर बढाएको भए त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिने निर्णय पनि गरेको छ। 

साथै बैठकले विभिन्न दलहरुसँग एकता वार्ता जारी रहेका बेला राप्रपा प्रजातान्त्रिकका पदाधिकारीहरुबाट हिन्दु राष्ट्र र राजतन्त्रबारे फरक फरक धारणा बाहिर आएकोले पार्टीको शिर्ष नेतृत्वसँग राजतन्त्र र हिन्दुत्वबारे आधिकारिक धारणा बुझ्न पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको वार्ता समितिलाई निर्देशन दिने निर्णय गरेको छ।

   

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै