• २०८१ बैशाख १४ शुक्रबार

भारतीय पुर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन

kharibot

नयाँ दिल्ली।  भारतीय पुर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन भएको छ ।  बाजपेयी ९३ बर्षिय बाजपेयीको भारतीय समयअनुसार साँझ ५ बजेर ५ मिनेट जाँदा निधन भएको उनको उपचार भइरहेको नयाँ दिल्लीस्थित एम्स अस्पतालले जानकारी दिएको छ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन्। 

बाजपेयीलाई पछिल्लो तीन दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।  

मधुमेह रोग, किड्नीसम्बन्धि रोगबाट ग्रसित बाजपेयी पछिल्लो ९ हप्तादेखि एम्समा उपचाररत रहेका थिए । बाजपेयीको स्वास्थ्य अवस्था विग्रिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति,  मुख्यमन्त्री तथा केन्द्रिय मन्त्रीहरु लगायत अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्था बारे आजै जानकारी लिए थिए ।  

अस्पतालले अनेकौ प्रयासका बाबजुत बाजपेयीलाई बचाउन नसकिएको आफ्नो बुलेटिनमा जनाएको छ। अस्पतालले पछिल्लो २४ घण्टादेखि बाजपेयीको स्वास्थ्य धेरै बिग्रिएको बताउदै उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको जानकारी दिएको थियो । 

बाजपेयी भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन्।  उनी पहिलो पटक स न् १९९६ मा १३ दिनका लागि प्रधानमन्त्री बनेका थिए। त्यसपछि बाजपेयी सन् १९९८ मा १३ महिनाका लागि दोस्रो कार्यकाल पधानमन्त्री बनेका थिए भने उनी सन् १९९८ को मार्च १९ देखि २००४ को मे सम्म तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका थिए।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै