• २०८१ बैशाख १४ शुक्रबार

रानीपोखरी पुननिर्माण शिखरशैलीमा बनाउन पुरातत्वलाई ज्ञापन 

kharibot

काठमाडौँ। सम्पदा बचाऊ अभियन्ताकर्ताले रानीपोखरी पुननिर्माण शिखरशैलीमा बनाउँन भन्दै पुरातत्वलाई बिहिबार ज्ञापन पत्र बुझाएका छन्  ।

२०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट  क्षेतीग्रस्त भएको रानीपोखरी पुननिर्माणमा मौलीक स्वरुप र नासिनेगरी नविनतम सामाग्रीको प्रयोग गरीएको भन्दै सम्पदापे्रमीहरुले पुरातत्व बिभागको ध्यानाकर्षण गराएका हुन्  ।

२०७४ पौष १३ गते काठमाण्डौँ महानगरपालिका, राष्ट्रिय पुननिर्माण प्राधिकरण  र पुरातत्व विभाग  समेतको संयुक्त बैठक बसी निर्णयानुसार  अध्ययनटोली गठन गरी प्रतिवेदन समेत सार्वजनीक गरेको थियो र सोहि अनुरुप पोखरी निर्माण र मन्दिर निर्माण हुने विश्वास जनतालाई दिलाईएको थियो, तथापि सो गठित अध्ययन टोली, विशेषज्ञ समितिको सल्लाहकार, संम्बद्ध सरोकारवाला तथा चासो राख्नेहरु समेतको विच सार्वजनिक सुनुवाईबाट राय संकलनगरी बनेको प्रतिवेदनको बेवास्ता गरी हाल स्ववेच्छाचारी ढ्रङ्गले पुरातत्वले सार्वजनीक रुपमा कुनै जानकारी नदिई पोखरीको निर्माण सुरु गरेको भन्दै सम्पदाप्रेमीहरुले गम्भिर रुपमा ध्यानाकर्षण गराएका छन् ।  

यसैबिच पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले रानीपोखरी पुननिर्माणको जिम्मा सेनालाई दिने भन्ने कुरा कहिकतै लिखित रुपमा निर्णय नभएको र  सामान्य छलफल मात्र भएको बताएका छन् । 
ऐन, कानुनभन्दा माथि जान नसक्ने बताउँदै दाहालले कानुनी रुपमा छलफल गरेर जानकारी दिने बताए ।  

यसैबिच सम्पदा बचाउ अभियन्ता आलोक तुलाधरले रानीपोखरी पुनर्निमार्णको लागी राष्ट्रिय स्तरको विभाद भईसकेपछि काठमाण्डौँ महानगरपालिकाले बिज्ञ समुह गठन गरेर प्रतिवेदन निकाली सकेर पनि प्रतीवेदनमा देखीएको बिपरीत पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर राणकालीन गुम्ब शैलीमा बनाउन अघि सरेको देखिएको हुनाले त्यसको बिरुद्धमा आवाज उठाउँन पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाललाई ज्ञापन पत्र बुझाएको बताए। उनको भने “ज्ञापन पत्रको मुख्य आसय भनेको मन्दिर निर्माण कार्य रोकिनु पर्ने,  मन्त्रिस्तरीय निर्णय र अदालतका आदेशलाई सम्बोधन हुनेगरी  मौलीक शैलीमा  प्रताप मल्लकालीन शैलीमा नै बनाउनु पर्ने  र पोखरी निर्माणको लागी पुरातत्वले बनाएको डिजाईनमा जनस्तरबाटै प्रतिक्रिया लिएर अगाडी बढ्न आग्रह गरेका छन्  ।”
    
सम्पदा बचाउ अभियान संघर्ष समिती संयोजक गणपतिलाल श्रेष्ठले पुरातात्वीक सम्पदा पुननिर्माणको काम घर बनाएको नभएको र मुर्तमात्र नभएर मुर्तको प्राण भनेकै अमुर्त सम्पदा भएकाले यि दुबै कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्ने र निकायबाट सम्पदा निर्माणमा खेलाचि भए सहन नसक्ने भन्दै  सचेत गराउन ज्ञापन पत्र  बुझाएको र अभियानमा रमाएकाहरुलाई आन्दोलन गर्न बाध्य नपार्न अनुरोध गरेका छन्  । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै