• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा झिनो सुधार, कारोवार रकम भने बढेर ४५ करोड ५२ लाख नाघ्यो

kharibot

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से शुन्य दसमलव ६१ अंकले बढेर १२ सय १० दसमलव ३२ बिन्दुमा चढ्दा सेन्सिटिभ भने शुन्य दसमलव शुन्य दुुई अंकले घटेर दुई सय ५५ दसमलव ३८ बिन्दुुमा झरेको छ । एक सय ६६ कम्पनीहरुको छ हजार चार सय ४१ वटा कारोवारमा १३ लाख ६१ हजार छ सय २७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कारोवार रकम ४५ करोड ५२ लाख ४३ हजार सात सय ८५ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचकमा गिरावट आएको छ भने दुुई वटा समुहको सुचकमा सुधार आएको छ । आज बाँणिज्य बैक समुहको सुचक चार दसमलव एक अंकले बढेर एक हजार ४१ दसमलव ३२ बिन्दुुमा चढ्दा १८ करोड ८३ लाख २४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी उत्पादमुलक समुहको सुचकमा पनि ७७ दसमलव ३२ अंकले सुधार देखिएको छ ।

बिकास बैंक समुहको सुचक भने दुुई दसमलव ५३ अंकले घटेर १४ सय ६९ दसमलव ३३ बिन्दुुमा झर्दा तीन करोड ४६ लाख ८९ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युुत समुहको सुचक पनि १६ दसमलव ७७ अंकले घटेर १४ सय १३ दसमलव ४६ बिन्दुुमा झर्दा दुुई करोड १७ लाख २८ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि २९ दसमलव ८७ अंकले घटेर पाँच हजार आठ सय एक दसमलव ८४ बिन्दुुमा झर्दा दुुई करोड ३९ लाख ६३ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज निर्जिवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुुचकमा पनि गिरावट आएको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा परेको बोर्टलस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ १० पैसाले घटेर छ हजार ७५ रुपैयाँमा खरिद बिक्री भएको छ भने गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको ललितपुर फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ५८ पैसाले घटेर एक सय ५१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिकित्त पाँच सय ७१ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ८९ लाख ९२ हजार तीन सय पाँच रुपैयाँको खरिद बिक्री भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै