• २०८१ बैशाख ८ शनिबार

बक्स अफिसमा फेरी चल्यो अक्षयकुमारको जादु, गोल्डको उत्कृष्ट सुरुवात 

kharibot

काठमाडौँ । बलिवुडका खेलाडी कुमार भनेर चिनिने अक्षयकुमारको नयाँ फिल्म ‘गोल्ड’ ले पहिलो दिन राम्रो व्यापार गरेको छ। बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्म गोल्डले पहिलो दिन २५.२५ करोड व्यापार गरेको छ।

पहिलो दिन फिल्मले गरेको व्यापार हेरेर फिल्मले अक्षयकुमारको अहिलेसम्म धेरै व्यापार गर्ने फिल्म हुने बताइएको छ।  अक्षयकुमारको अहिलेसम्म अघिलो बर्ष आएको फिल्म ट्वाइलेट एक प्रेम कथाले १३३.६० करोड व्यापार गरेको थियो। जसले पहिलो दिन केवल १३.१० करोड व्यापार गरेको थियो। 

भारतीय स्वतन्त्रता दिवसका दिन रिलिज गरिएको अर्का अभिनेता जोन अब्रहीमको फिल्मले पनि २० करोड ब्यापार गरेको छ।

अक्षयको यो फिल्म गोल्ड अर्जुन अवार्ड विजेता भारतीय पुर्व हकी खेलाडी कप्तान सन्दीप सिंहको बायोपिकमा आधारित फिल्म हो । यस फिल्ममा राष्ट्रभक्ति देखाइएकोले अक्षयकुमा ले फेरी बाजी मार्ने फिल्म विश्लेषकहरुले प्रतिक्रिया दिएका छन् ।

फिल्ममा हकीका पुर्वकप्तान सन्दीप सिंहको गोल्ड मेडल जित्ने चाहनालाई पर्दामा अक्षयकुमा ले जीवन्त बनाएको अनुमान गर्न सकिन्छ । फिल्ममा अंग्रेजले भारत छोडेपछि भारतको लागि खेल्ने चाहनालाई देखाइएको छ । फिल्ममा अक्षयकुमारका अलावा टेलिभिजन अभिनेत्री मोनी रोयले पनि अभिनय गरेकी छन् ।

रीमा खग्टिले निर्देशन गरेको यस फिल्मलाई फरहान अख्तर र रितेश सिडवानीले निर्माण गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै