• २०८१ बैशाख १२ बुधबार

पोल्याण्ड पठाउने प्रलोभन दिएर ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ 

kharibot

काठमाडौँ। वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई जना युक्रेनी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। टुरिष्ट भिसामा गत अप्रिलमा नेपाल आएका युक्रेनी नागरिक २६ बर्षिय बिटाली बिलया र २३ बर्षिय नतालिया मेलनीचुकले काठमाडौँको पुतलीसडकमा एक फ्ल्याट भाडामा लिएर अफिस खोलेर ठगि गरेको प्रहरीले जानकारी दिएको छ।

उदयपुर,वेलगर बस्ने वर्ष २६ को बुद्धिराज विष्टि समेतका ९ जनाले आफुहरु ठगिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीको छानबिनमा उनीहरुले पिपुल्स वोर्क ग्रुप नामको कार्यालय बनाई सामाजिक संजाल फेसबुक, भाइबरको प्रयोग गरी बेरोजगार युवाहर को सम्पर्कमाप उगेको प्रहरीले जनाएको छ। उनीहरुले पोल्याण्ड मा सजिलैसँग रोजगारमा जान सकिने ,मासिक रु.९० हजार देखि १ लाख सम्मको तलव साथै अन्य आकर्षक सुबिधा समेत रहेको भनि प्रलोभन देखाई झुट्टा प्रचार गरी पीडितहरुलाई सम्पर्कमा ल्याई आवश्यक कागजात र रकम संकलन गर्ने गरेको बताइएको छ । 

पीडितहरुलाई रोजगारीको लागि पोल्याण्ड सम्म पुग्न जम्मा रु. ७ लाख ५० हजार लाग्ने र प्रोसेस शुरु गर्न तत्काल कम्तिमा २ लाख सम्म लाग्छ भनि  केही पीडितहरुबाट प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म रकम संकलन गरी सकेको प्रहरीले जनाएको छ।  उनीहरु हालसम्म करीब ६०० जनालाई सामाजिक संजाल कै माध्यमबाट सम्पर्कमा ल्याई रकम असुल गर्ने प्रक्रियामा रहेको पनि प्रहरीले जनाएको छ। हाल उनीहरुमाथि थप अनुसान्धान गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै