• २०८१ बैशाख १३ बिहीबार

ठोस कार्ययोजना बनाएर अघि बढ्छौंः नवनियुक्त सिइओ ज्ञवाली 

kharibot

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनिर्निर्माणको काम सम्पन्न गर्ने बताएका छन् । 

पदवहाली पछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताएका हुन् । 

शुरुको चरणमा पुननिर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारीहरु अहोरात्र खटेको स्मरण गर्दै सिइओ ज्ञवालीले भने, “विगतका अनुभव र पाठका आधारमा पुनर्निर्माणमा देखा परेका समस्याहरुलाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने छौं ।”

उनले स्थानीय तहमार्फत् जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व बर्ष बनाउने भयो । कार्यकारी अधिकृत ज्ञवालीलाई प्राधिकरणमा स्वागत गर्दै प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । 

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका थिए । २०७५ श्रावण २९ गते बसेको मन्त्रिपरिपरिषद्को बैठकले ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै