• २०८१ बैशाख ७ शुक्रबार

अटो लोनमा बैंकहरुले लगाए एक खर्ब ५० अर्ब ७३ करोड

kharibot

काठमाडौँ, सवारी साधान खरिदमा मात्र बैक तथा फाईनान्स कम्पनीहरुले एक खर्ब ५० अर्ब ७३ करोड ४६ लाख ८० हजार रुपैयाँ कर्जा लगानी गरेकाछन । राष्ट्र बैकका अनुसार आर्थिक बर्ष २०७३—०७४ को एघार महिनामा हायर पर्चेज क्षेत्रमा मात्र उक्त परिमाणमा कर्जा लगानी भएको हो ।

सो अवधिमा बैक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप २२ खर्ब ९२ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल कर्जा १९ खर्ब ४८ अर्ब २३ करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ । सवारी साधान खरिदमा प्रवाह भएको कुल कर्जा मध्येमा २८ वटा बाँणिज्य बैकहरुले मात्र प्रवाह गरेको कर्जा रकम एक खर्ब १६ अर्ब २६ करोड ६५ लाख ४० हजार रुपैयाँ रहेको छ ।

राष्ट्र बैकका अनुुसार सो अवधिमा बाँणिज्य बैकहरुको कुुल निक्षेप १९ खर्ब ७५ अर्ब आठ करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको छ भने कुल कर्जा १६ खर्ब ५४ अर्ब ८१ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ । क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ५० वटा बिकास बैकहरुले भने सवारी साधान खरिदमा २७ अर्ब ६६ करोड २८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन ।

आव २०७३—०७४ को ११ महिनामा बिकास बैकहरुको कुल निक्षेप दुई खर्ब ५९ अर्ब ५५ करोड ५२ लाख ४० हजार रुपैयाँ रहेको थियो भने कुल कर्जा दुई खर्ब ३७ अर्ब ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेको थियो । सञ्चालनमा रहेका ३३ वटा फाईनान्स कम्पनीहरुले सवारी साधन खरिदमा छ अर्ब ८० करोड ५२ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन । सो अवधिमा फाईनान्सहरुको कुल निक्षेप ५८ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ रहेको थियो भने कुल कर्जा ५६ अर्ब दुई करोड २१ लाख रुपैयाँ रहेको  थियो । 


बैक तथा फाईनान्सहरुले सवारी साधन खरिदमा प्रवाह गरेको कर्जा (रकम रु दस लाखमा)

बिवरण             बाँणिज्य बैक          बिकास बैंक                    फाईनान्स                 कुल

 निक्षेप              १९७५०८३.१६       २५९५५५.२४                ५८३१८.३०             २२९२५६.७०

  कर्जा               १६५४८१८.२३      २३७३९८.२५                 ५६०२२.१०             १९४८२३८.५८

  सवारी साधन    ११६२६६.५४         २७६६२.८६                   ६८०५.८६              १५०७३४.६८

(श्रोत नेपाल राष्ट्र बैंक) 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै