• २०८१ बैशाख ८ शनिबार

नेपालले एसियन गेम्स फुटबलमा आज भियतनामसँग खेल्दै, नेपाल जित्ने पर्ने दबाबमा 

kharibot

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा आज नेपालले भियतनामको सामना गर्दैछ । इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ६ बजे सुरू हुनेछ।

पहिलो खेलमा एसियाली पावरहाउस मानिएको जापानसँग १–० को सम्मानजनक हार ब्यहोरेको नेपालले एसियन गेम्सको दोस्रो खेलमा भियतनामसँग जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ । दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायम राख्न नेपालले आज भियतनामलाई पराजित गर्नु पर्ने हुनाले पनि नेपाली टिमका लागि यो खेल महत्वपूर्ण रहेको छ। 

आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको भियतनामले नेपालविरुद्ध जित या बराबरी निकाले पनि जापानविरुद्धखेल्नु अघि नै एसियाड फुटबलको दोस्रो चरणका पुग्नेछ ।

एसियन गेम्सको औपचारिक उद्घाटन शनिबार हुने भएपनि फुटबलसहितका केही खेलहरू उद्घाटन अगावै सुरू भइसकेका छन्।

नेपाली टोलीको नेतृत्व गोल किपर किरण चेम्जोङले गरेका छन् । अन्डर २३ को खेल भएकाले त्यो भन्दा बढी उमेरका ३ जना खेलाडी समावेश हुन् पाउने हुनाले नेपालबाट सिनियर टोलीका तीन खेलाडी चेम्जोङसहित मिडफिल्डरहरु रोहित चन्द र बिशाल राई टिममा रहेका छन् ।

एसियन गेम्सको समूह डीमा रहेको नेपालले तेस्रो खेल १९ अगस्टमा पाकिस्तानसँग खेल्नेछ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै