• २०८१ बैशाख १२ बुधबार

गृह मन्त्रालयद्वारा एसएसपीको सरुवा, काठमाडौँमा लामा र ललितपुरमा धानुक (सुची सहित)

kharibot

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ठूलो संख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।

यस क्रममा ललितपुर र काठमाडौंका प्रहरी प्रमुखहरु फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखमा वसन्त लामा आएका छन्। लामा यस अघि प्रहरी प्रधान कार्यालयमा थिए। त्यस्तै रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । उलाई प्रदेश ४ को प्रहरी कार्यालयबाट ललितपुर ल्याइएको हो।  

प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ । प्रधान कार्यालयले बढुवापछि खाली भएका, पूर्ति हुन नसकेकालगायत स्थानमा एसएसपीहरुको सरुवा गरिएको जनाएको छ । 

अन्य एसएसपीहरुको सरुवा कुन कुन ठाउँमा भयो हेर्नुहोस् :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै