• २०८१ बैशाख ६ बिहीबार

नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा २२ बालबालिकाको मृत्यु

kharibot

फाइल तस्बीर

सुडान। सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । 

सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी एक महिलाको पनि मृत्यु भएको छ । डुङ्गामा ४० भन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ । 

सुडानी गृहमन्त्रालयका अनुसार उद्धार कार्य अघि बढाउन र पीडितको शब निकाल्न उद्धारकर्मीहरु परिचालन गरिएको छ । 

प्रत्यक्षदर्शी इब्राहिम हसनका अनुसार कम्तीमा ९ जना बालबालिकाको जीवितै उद्धार गरिएको छ । डुङ्गाको इन्जिन बिग्रेका कारण दुर्घटना भएको बताइएको छ । 

सुडानमा सन् २००० मा भएको यस्तै एक डुङ्गा दुर्घटनामा ५० जना स्कुले बालबालिकाको मृत्यु भएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै