• २०८१ बैशाख ७ शुक्रबार

कमेन्ट पनि रंग्याउँदै फेसबुक !

kharibot

अमेरिका । फेसबुकले पछिल्लो समय केही नयाँ फिचरको परीक्षण गरिरहेको छ । यसमा रंगीन ब्याकग्राउण्डवाला स्टाटसजस्तै कमेन्टलाई पनि रंगीन बनाउन परीक्षण गरिरहेको बुझिएको छ । यो फिचरमा कमेन्टहरु रंगविरंगका देखिनेछन् । अहिले कमेन्टहरु सामान्य रहेका छन् ।

द नेक्स्ट वेबमा छापिएको एउटा रिपोर्टअनुसार केही प्रयोगकर्ताहरुको कमेन्ट रंगीन बनाउने विकल्प दिइएको खुलेको छ । जसअनुसार ब्याकग्राउण्डको कलर आआफ्नो स्टाटसमा मिलाउन सकिनेछ । फेसबुकले २०१६ मा एण्ड्रोइडमा रंगीन स्टाटसवाला फिचर ल्याएको थियो ।

यद्यपि यसबारे केही आधिकारिक कुरा बाहिर आइसकेको छैन । भर्खरै मात्र फेसबुकले वाट्स एपमा पनि रंगीन ब्याकग्राउण्डमा स्टाटस लेख्ने फिचर जारी गरेको थियो । फेसबुकका एक प्रवक्तााका अनुसार रिपोर्टमा जनाइएअनुसार फेसबुक मानिसहरुबीच संवाद स्थापित गर्न नयाँ नयाँ तरिका खोज्न लागिपरेको छ ।

त्यस्तै सोही वेबसाइटमा छापिएको अर्को रिपोर्टअनुसार फेसबुकको स्टोरिज फिचर पनि इन्स्टाग्रामसँगै मर्ज हुनेछ । यसको मतलब हामीले इन्स्टाग्राममा जुन स्टोरी राख्नखोज्छौँ, फेसबुकमा पनि राख्ने अप्सन थपिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै