• २०८१ बैशाख ८ शनिबार

रियल म्याड्रिडलाई हराउदै एथलेटिकोले जित्यो युइएफए सुपरकपको उपाधि

kharibot

काठमाडौँ।  एथलेटिम्याड्रिडले रियल म्याड्रिड पराजित गर्दै यूएफए सुपरकपको उपाधि जितेको छ । च्याम्पियन्स लिग विजेता र युरोपियन कप विजेता टिमबीच खेलिने यस सुपरकपमा एथलेटिकोले अतिरिक्त समयसम्म खेलिएको खेलमा रियललाई ४-२ गोल अन्तरले पराजित गरेको हो। 

निर्धारित ९० मीनेटको खेलमा २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।  ३० मिनेटको अतिरिक्त समयमा एथलेटिकोले २ गोल गर्दै रियललाई ४-२ गोल अन्तरले पराजित गरेको हो। 

एथलेटिकोको जितमा दिएगो कोष्टाले एक गोल गरे भने साउल र कोकेले एक एक गोल गरेका थिए।  त्यस्तै रियलका लागि किम बेन्जामा र सर्जियो रामोसले एक एक गोल गरेका थिए। 
खेलको पहिलो मिनेटमै डिएगो कोष्टाले गोल गर्दै एथलेटिको लाई सुरुवाती अग्रता दिलाएका थिए।  कोष्टाले खेलको ४९औ मिनेटमा गोल गर्दै सुपर कपको इतिहासमा सबैभन्दा छिटो गोल गरेका छन्। त्यस्तै खेलको २७औ मिनेटमा बेन्जमाले गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछि खेलको ६३औ मिनेटमा रियलले पाएको पेनाल्टीलाई रामोसले गोलमा परिणत गर्दै खेलमा २-१ को अग्रता रियलले लिएको थियो।  तर खेलको ७९औ मिनेटमा कोष्टाले गोल गर्दै खेल बराबरी गरेका थिए। 

निर्धारित ९० मिनेटमा खेल २-२ गोलको बराबरी भएपछी खेल अतिरिक्त समयमा गएको थियो, जसमा खेलको ९८औ मिनेटमा साउल र १०४ मिनेटमा कोकेले गोल गर्दै एथलेटिकोलाई जित दिलाएका थिए।       

एथलेटिकोले २०१२ पछि पहिलो पटक युइएफए सुपर कप जितेको छ।  यसअघि सन् २०१२ मा चेल्सीलाई पराजित गरेको थियो। रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि खेलेको खेलमा पहिलो उपाधि गुमाएको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै