• २०८१ बैशाख ७ शुक्रबार

पहिरोले पुरिएर सासु बुहारीको मृत्यु 

kharibot

बागलुङ।  केही दिनदेखि लगातार परेको वर्षाका कारण पहिरो खस्दा बागलुङको निसीखोलामा एकै घरका दुई जनाको पुरिएर मृत्यु भएको छ ।

निसीखोला–३ को बोहोरा गाउँस्थित धुसौरा भन्ने स्थानमा खसेको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिदा शाहीकी ३५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही पुरिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए।

मृत्यु हुने सासु बुहारी हुन्। पुरिएपछि स्थानीय बासिन्दा, प्रहरी र सेनाको खोजीपछि शव निकालिएको थियो। बिहान पुरिएका उनीहरुको दिउँसो साँढे तीन बजे मात्र शव भेटिएको थियो।मृतक डल्लीका श्रीमान भारतमा रोजगारी गर्छन्।

पहिरोले पुरिएका शाहीका ५ वर्षीय नाती विनोद भने सकुशल भेटिएका छन्। ‘टाँड परेर पुुरिएकाले उनी बाँचेका रहेछन्’ बोहोरा गाउँ स्वास्थ्य चौकीका प्रमुख टोपबहादुर चन्दले भने, ‘बालकको सबै स्वास्थ्य परीक्षण गर्दा केही भएको छैन।’ अहिले पनि बच्चा खेलिरहेको उनले बताए।

मंगलबार राति नै बोहोरा गाउँ र देविस्थानमा खसेका अरु पहिरोले थप ६ घरमा क्षति पुगेको छ। केही घरपरिवार पहिरोको डरले बिस्थापित भएर आफन्तकोमा बसेका छन्।

घटनास्थल सदरमुकामदेखि १ सय २० किमी पश्चिममा पर्छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै