• २०८१ बैशाख ८ शनिबार

विप्लवसहित सात शिर्ष नेताहरुविरुद्ध मुद्दा दायर, पक्राउ पुर्जी जारी 

kharibot

कालिकोट।  जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका सात शिर्ष नेताविरुद्ध मुद्दा चलाएको छ । 

उनीहरुविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । कार्यालयले बुधबार जिल्ला अदालत कालिकोटमा उक्त मुद्दा दर्ता गरेको हो । बिहीबार नेकपाले गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हातामा गराएको बम बिस्फोट गराएको अभियोग उनीहरुविद्ध लगाइएको बताए । 

बम विस्फोटमा संलग्न रहेको भन्दै नेकपाका ७ नेताविरुद्ध बुधबार जिल्ला अदालतमा संगठित अपराध तथा बिस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । 

कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको छ । उनले दिएको बयानका आधारमा नेकपाका उच्च नेताहरुको पनि संलग्नता रहेको देखिएपछि मुद्दा दर्ता गरिएको हो । 

मुद्दामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्युरो सदस्य भरतबहादुर बम रणवीर, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला सेक्रेटरी लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार कुकर बम बिस्फोटमा संलग्न कासे दर्जीसहित नेकपाका उच्च नेताविरुद्धको मुद्दामा जिल्ला अदालत कालिकोटले सात दिन म्याद थप गरेको छ । अदालतले उनीहरुलाई पक्राउ पुर्जी पनि जारी गरेको छ । 

जिल्ला अदालत कालिकोटबाट महासचिव चन्दसहित नेताहरुलाई पक्राउ गर्न पुर्जी जारी भएपछि खोजी तीब्र बनाइएको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै