• २०८१ बैशाख १३ बिहीबार

टर्कीको एक अदालतले अमेरिकी पादरीलाई रिहा गर्न अस्वीकार

kharibot

इस्ताबुल। टर्कीको एक अदालतले अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई रिहा गर्न आग्रह गरिएको निवेदनलाई अस्वीकार गरेको छ । 

आतङ्कवादको अभियोगमा टर्कीले ब्रन्सनलाई थुनामा राखेका कारण अमेरिका र टर्कीबीचको सम्बन्धमा पछिल्लोपटक सङ्कट उत्पन्न भएको छ । टर्कीको पश्चिमी शहर अज्मिरमा रहेको अदालतले ब्रन्सनलाई अझै पनि घरमै जनरबन्द गरिने निर्णय सुनाएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । 

अमेरिकी पादरी ब्रन्सनलाई दुई वर्षदेखि कारागारमा राखिएको र केही हप्तायतादेखि उहाँलाई आफ्नै निवासमा नजरबन्द गरिएको छ । यसबाट पादरीलाई मुक्त गरिन्छ भनेर पर्खेका अमेरिकी अधिकारीहरु निराश भएका छन् । 

ब्रन्सनमाथि टर्कीले मुख्यतः दुईवटा अभियोग लगाएको छ । सन् २०१६ को जुलाईमा टर्कीको असफल सैन्य कू मा अमेरिकामा बसोवास गरिआएका मुस्लिम धार्मिक गुरु फेतुल्लाह गुलेन र कुर्दिस्तान वर्कर पार्टी (पिकेके)लाई ब्रन्सनले सहयोग गरेको आरोप लगाइएको हो । 

अज्मिर सहरको एजेनस्थित चर्चमा कार्यरत ब्रन्सनले टर्कीको आरोपको खण्डन गर्नु भएको छ । उहाँमाथि लागेको आङ्ककारीको आरोप प्रमाणित भएमा उहाँलाई ३५ वर्षको जेल सजाय हुनेछ । अगामी अक्टोबर १२ का उहाँको मुद्दामाथि सुनुवाई हुनेछ । 

टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीले पादरीको गिरफ्तारी र थुनामा राख्ने कार्यमा मुख्य भूमिका निर्वाह गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै