• २०८१ बैशाख ८ शनिबार

सिमरामा मालपोत र नापीको श्रेस्ता आईपुग्यो

kharibot

बारा। बिगत चार वर्ष देखि विवादमा रहेको बाराको मालपोत र नापी कार्यालयको श्रेस्ता जीतपुरसिमरा उपमहानगरपालिका सिमरामा आएको छ । मंगलवार राती ९ बजे कलैयाबाट प्रहरीको सुरक्षाका बिच मालपोत तथा नापी कार्यालयको श्रेष्ता सिमरा आईपुगको हो । 

गत जेठ २१ गते सरकारले सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापना गर्ने निर्णयसँगै बुधवार सिमरा स्थित बजनिमा मालपोत र नापी कार्यालयको सेवा दिन श्रेस्ता ल्याईएको छ । 

केहि सयम पहिले सरकारले सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापना गर्ने निर्णयसँगै कलैयामा बिरोध सुरु भएको थियो । बिरोधसँगै कलैया बचाउ संघर्ष समितीले कलैयाबाट कुँनै पनि सेवा कार्यालयका नाममा श्रेस्ता लैजान नदिने बताउँदै आईरहेका बेला सुरक्षा घेरा बिच मंगलवार राती ९ बजे श्रेस्ता सिमरामा ल्याईएको हो ।

बुधवार दुबै कार्यालयमा बिधिवत पुजा अर्चना गरिएको छ । यस कार्यलयबाट साविकको पिपरासिमरा , भवानीपुरजीतपुर , निजगढ लगायत १२ वटा गाविसहरुका सेवाग्राहिले सेवा लिने मालपोत कार्यालय सिमराका प्रमुख मदन प्रसाद गुप्ताले जानकारी दिएका छन् । उनले केहि दिन भित्र औपचारिक रुपमा कार्यालयको उद्घाटन गरि सेवा आरम्भ हुने समेत बताए । 

यस अघि ०७१ असोज ३० गते बाराको सिमरा र सिम्रौनगढमा सो कार्यालयको स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । सोही निर्ययको बिरुद्ध त्यती बेला पनि कलैयाले बिरोध जनाएको थियो । 

बिरोध स्वरुप गरिएको आन्दोलन हिँसात्मक बन्दै गए पछि तत्कालिन सुशिल कोईराला नेतृत्वको सरकारले ५ महिना पछि ०७१ फागुनमा सो निर्णय स्थगित गरेको थियो । स्थगनको निर्णय पछि पुन ः सिमरमा सेवा कार्यालयको माँग गर्दै आएका सिमराबासी मालपोत तथा नापी कार्यालयको श्रेस्ता आएसँगै खुसि भएका छन् । 

सिमरा सेवा कार्यालयका लागी प्रमुखका रुपमा मालपोतमा मदन प्रसाद गुप्ता र नापीमा क्रान्ती गुप्ता रहँने भएका छन् । जीतपुरसिमरा ३ बजनि स्थित कार्यालयमा मालपोत र नापी कार्यालयको श्रेष्ता ल्याउँदा स्थानीयले भब्य स्वागत समेत गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै