• २०८१ बैशाख १३ बिहीबार

बानेश्वरमा होस्टलको छतबाट खसेर ४ बर्षिय बालिकाको मृत्यु

kharibot

काठमाडौँ।  काठमाडौँको बानेश्वरस्थित एक होस्टलको छतबाट खसेर ४ बर्षिय बालिकाको मृत्यु भएको छ।

बानेश्वरको प्रयाग मार्गस्थित ओम शान्ति होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णकी ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको प्रहरीले जनाएको छ। 

होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै