'...तर ती बालबालिकाले कहिलेदेखि पढ्न पाउने हुन्, कुनै टुङ्गो नै थिएन !'

खरीबोट
ad

काठमाडौं । मेरो नाम आस्था घिमिरे हो । म १४ वर्षकी भएँ । म अहिले जोसेफ स्कुलमा कक्षा ८ मा पढ्छु ।

केहिसमय अघि तराईका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण कैयौले ज्यान मात्र गुमाएनन् हजारौ मानिहरु घरबार विहिन भए भने कैयौ बालबालिकाहारुलाई त्यसले असर गर्यो ।

तिनै बाढी पिडितलाई थोरै भएपनि राहत दिन म तराईका विभिन्न जिल्लामा गएकी थिए ।  आज हजुरहरुसँग सोहि समयका मेरा केहि अनुभूतिहरु साट्दै छु ।  हुन् त म लेखक होइन तर यस लेख मार्फत तराईका बाढी पिडित बालबालिकाहरुका लागि सहयोगी हातहरु आझै बढुन् र तिनीहरुले पढ्ने वातावारण बनोस् भन्ने मेरो उद्देश्य हो  । सानै भएपनि मलाई दुःखीहरुको सेवा गर्न, पढ्न, डान्स गर्न तथा साना बच्चाहरुलाई पढाउन लगायतका काम गर्न एकदमै मन लाग्छ ।

मैले दुःखीहरुको सहयोग पनि गरेकी छु । अरुको दुःखमा सहयात्री बनेर सहयोग गर्न पाउँदा मलाई आनन्द लाग्छ । धेरै मान्छेले भन्ने गरेको सुन्छु साना मान्छे ज्ञानी हुने, पढ्ने, बस्ने तर मलाई साना मान्छेले पढ्ने र ज्ञानी हुने मात्रै भन्दा पनि अरु धेरै कुरामा बच्चाहरुलाई अग्रसर गराउनुपर्छ भन्ने लाग्छ ।

म २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग गर्न भनौँ या राहत वितरण गर्न काभ्रे र सिन्धुपाल्चोकका विभिन्न ठाउँहरुमा गएको थिएँ । हृदय दुःख्ने त्यो क्षण मेरो मनबाट अझै हराउनसकेको छैन । सानादेखि ठूलासम्म र गाउँदेखि सहरसम्म जताततै घर भत्केको, आफन्त गुमाएकाहरुको त्यो चित्कार सम्झिँदा मनमा अझै पनि कहाली छुट्छ ।

  • राहत बाड्दै आस्था ।

राम्रो लाउन र मिठो खान त परै जाओस्, सामान्य खान र शरीर मात्र ढाक्नेसम्मको लुगा नपाएका, बस्ने टहरो समेत नभएका पीडितको अवस्था देख्दा मन धेरै आत्तिएको थियो मेरो । फेरि त्यो क्षण बिर्सिन नपाउँदै यसपालि नेपालको तराई क्षेत्रका विभिन्न ठाउँमा बाढीले बगायो । कति ठाउँ डुबानमा परे भने पहाडमा पहिरोले त्यस्तै नराम्रो गरयो ।

जब म प्रभावित क्षेत्रमा पुगेँ र त्यहाँका बासिन्दाहरुको स्थिति देखेपछि मेरो मनमा धेरै पीडा भयो । उनीहरुको जिउमा राम्रो लुगा र सफा लुगा थिएन । खुट्टामा चप्पल थिएन ।

सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण भएका समाचार तथा फोटोले मेरो मन धेरै रोयो । उनीहरुलाई सहयोग गर्ने चाहना थियो । त्यस्तैमा परिवर्तन राहत कोषको संयोजनमा रुओन नेपाल, सोरोप्टी मिष्ट काठमाडौँ नेपाल, प्रवासी नेपाली मञ्च अमेरिकालगायतको सहयोगमा २०७४ भदौ १० गते राहत लिएर टोली तराई जाने भयो । म पनि रुओन नेपालमार्फत उक्त टोलीमा राहत वितरणको लागि सहभागी भए ।

राहत वितरणको लागि तराई जाने टुङ्गो लागेपछिको त्यो रातभर न खान मन लाग्यो, न निद्रा नै लाग्यो । कति बेला उज्यालो होला र यात्रा सुरु गर्ने भन्ने उत्सुकताले मन त्यसै त्यसै उडेको थियो । बिहान करिब १० बजे यात्रा सुरु गरियो ।

सबै घरहरु बगाएर पहिला घर थियो कि थिएन भन्नेजस्तो त्यो वातावरण हेर्दै मनमा धेरै पीडा भयो । दुःखमा सहयोग गर्न गएका हामी चिन्तित बनेर बसेर मात्र पनि भएन । भदौ ११ गतेबाट राहत वितरण कार्यमा जुट्यौँ । चितवनको चेपाङ, मुसहर र दलित बस्तीका अति प्रभावित ९६ घरपरिवारलाई राहत बाँडियो ।

जब म प्रभावित क्षेत्रमा पुगेँ र त्यहाँका बासिन्दाहरुको स्थिति देखेपछि मेरो मनमा धेरै पीडा भयो । उनीहरुको जिउमा राम्रो लुगा र सफा लुगा थिएन । खुट्टामा चप्पल थिएन । हामीले बाँडेको राहत पाउने र पकाएर खाने आशामा थिए साना बालबालिकाहरु । म साह्रै खुसी भएँ, जब हामीले दिएको राहतले धेरै बालबालिकाहरुको ओठमा हाँसो देखियो ।

घरमा ममी, बाबाले पकाएर दिएको खाना नमीठो भएको भन्दै खान नमान्ने मजस्ता बच्चाहरु अरुले राहत दिन्छन् र खाउँला भन्ने आशामा बसेको देख्दा मलाई कस्तो कस्तो नराम्रो फिल भयो ।  साह्रै दुःखी भएँ । सोचेँ — घरमा पकाएको खाना कम्प्लेन गरेर मात्र खाने बानी मैले अब छोड्नुपर्छ । अन्ततः त्यो बानी मैले छोड्ने निर्णय समेत गरेँ । साना साना भाइबहिनीहरु आफ्ना बाबु, आमाबाट बिछोडिएका थिए । त्यो अवस्था देख्दा मैले पनि ममीलाई धेरै सम्झिएँ । लाउन, खान, बस्न र पढ्नको लागि व्यवस्था कहिले हुन्छ भन्ने टुंगो नै देखिनँ ।

  • साना साना भाइबहिनीहरु आफ्ना बाबु, आमाबाट बिछोडिएका थिए । त्यो अवस्था देख्दा मैले पनि ममीलाई धेरै सम्झिएँ । लाउन, खान, बस्न र पढ्नको लागि व्यवस्था कहिले हुन्छ भन्ने टुंगो नै देखिनँ ।

हामीले बारामा ६० घरपरिवारलाई, सर्लाहीमा २४१ घरपरिवारलाई र रौतहटमा ३७० बाढी पीडित घरपरिवारलाई राहत वितरण गर्यौँ । हाम्रो राहत वितरणमा चामल, दाल, नुन, तेल, साबुन, सरफ, झुल, त्रिपाल, म्याट, सर्वोत्तम पीठो तथा कपडाहरु जस्ता सामग्री रहेका थिए ।

ती ठाउँहरुमा हामी मात्र नभएर अरु पनि थुप्रै संघ÷संस्थाहरुले राहत वितरण गरिसकेका रहेछन् । तर कसैले पनि स्कुल जाने विद्यार्थीहरुको लागि स्टेसनरी सामानहरु वितरण गरेका रहेनछन् । सबैले खाद्य सामग्रीलाई मात्र प्राथमिकता दिएका रहेछन् । फेरि हामीले पनि खाद्य सामग्री नै लगेका थियौँ ।

अनि मलाई लाग्यो — सबै ठाउँमा भएको प्राकृतिक विपत्तिमा विद्यार्थीको लागि कसैले पनि केही नदिने रहेछन् । त्यहाँ उनीहरुको लागि आवश्यक राहत नै लगेको देखिनँ मैले । मैले पाँच दिन तराई बस्दा धेरै बालबालिकाहरु पढ्न नपाएकोमा गुनासो गरिरहेका देखेँ । हुन त म पनि राहत वितरणको लागि आफ्नो पढाइ छोडेर नै गएको थिएँ तर फर्केपछि जान सक्थेँ नि ! तर ती बालबालिकाले कहिलेदेखि पढ्न जान पाउने हुन्, कुनै टुङ्गो नै थिएन ।

त्यसैले मैले राहत वितरणबाट बुझेअनुसार अबका दिनहरुमा हामीले बालबालिकाको पढाइलाई केन्द्रित गर्दै उनीहरुलाई विद्यालय जाने वातावरण सिर्जना गर्न जरुरी छ । दशैँपछि लगत्तै हामी पुनः त्यही ठाउँका बालबालिकाहरुको लागि स्टेसनरी सामान लिएर जाने तयारीमा छौँ । त्यसपछि भने मनमा केही आनन्द हुन्छ कि !

 

सम्बन्धित समाचार

मध्यवर्तीका बासिन्दाले एक वर्षदेखि राहत पाएनन्

चितवन / चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत रकम विगत एक वर्षदेखि पीडितले पाउन सकेका छैनन् ।  मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सहज

घाइते -अपाङ्गता भएकाहरुको राहतमा निरन्तरता दिने

काठमाडौँ / सशस्त्र द्वन्द्वमा परी घाइते÷अपाङ्गता भएका व्यक्तिलाई यसअघि निर्धारण गरिएकै अपाङ्गता प्रतिशतका आधारमा विगतबमोजिम तोकिएकै आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ ।  गृहमन्त्रीस्तरीय निर्णयको आधारमा सबै जिल्ला प्रशासन कार्यालयमा

सूचक ओर्लिएपछि सेयरबजारमा नौ समूहको गुम्यो, ट्रेडिङलाई राहत

काठमाडौं । नेप्सेको गिरावटले आज बिहिबार पनि निरन्तरता पाएको छ । नेप्से आज १४ दशमलव ६१ अंकले घटेर १३ सय सात दशमलव ६६ विन्दुमा झर्दा सेन्सिटिभ दुई दशमलव ९३ अंकले

भूकम्प गएको तीन बर्षसम्म घर बनाउने राहत नपाउँदा टहराकै बास

रामपुर, पाल्पा  । भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बस्दै आउनुभएको छ ।  २०७२ वैशाख १२