• २०८१ बैशाख ८ शनिबार

बैतडीका ग्रामीण सडकहरू अवरुद्ध

kharibot

बैतडी । केही दिनदेखिको लगातारको बर्षाका बैतडीका ग्रामीण सडकहरु अवरुद्ध छन् ।

सिल्लेगडा–कटौजपानी सडकखण्ड र मिन्नोलाको ठाउँठाउँमा पहिरो खस्दा १५ दिनदेखि सडक अवरुद्ध बनेको हो । महाकाली यातायातका सिल्लेगडाका बुकिङ कलर्क दशरथ चन्दले जानकारी दिए । उक्त सडक स्तरोन्नतिको काम हुँदा हिलाम्मे भएको उनले बताए ।

सतबाँझ–श्रीभावर सडकमा पनि विगत ५ दिनदिनदेखि जीप सञ्चालनमा नआएका महाकाली यातायात सतबाँझका बुकिङ कलर्क कर्णबहादुर पाण्डेले जानकारी दिए । लगातारको बर्षाले सडक हिलाम्मे हुँदा जीप सञ्चालन हुन नसकेको उनले बताए । हिलाम्मे सडक त्यसैमा ट्याक्टर सञ्चालनमा हुँदा झनै समस्या हुने गरेको उनले भने ।

देहीमाडौँ–गिरेगडा सडकखण्डमा सवारी साधान सञ्चालनमा रहे पनि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बैतडीका अधिकांश सडक पानी पर्दा बन्द हुने गरेका छन् । जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर –कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाडौँ–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाललगायतका सडकमा बर्खाको समयमा गाडी चलाउन निकै समस्या हुने गरेको व्यवसायीले बताएका छन् ।

पाटन–पञ्चेश्वर सडक स्तरोन्नति तथा कालोपत्रेको काम हुँदा सवारी साधन सञ्चालन गर्न अप्ठ्यारो भएको छ । स्तरोन्नतिको काम तथा वर्षाले सडक हिलाम्मे हुने गरेको छ । महेन्द्रनगरदेखि मैलौलीसम्म दैनिक तीन बस सञ्चालनमा रहेका थिए । साउन पहिलो हप्तादेखि सेवा बन्द हुँदा यात्रुलाई समस्या भएको मेलौलीका स्थानीय सुरत पार्कीले बताए । उक्त सडकखण्डका हाल करीब दुई दर्जन जीप सञ्चालनमा रहेका भए पनि बर्खाको समयमा सडक हिलाम्मे हँुदा जीपको यात्रासमेत जोखिमपूर्ण हुने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै