• २०८१ बैशाख १३ बिहीबार

नेपाल लाईफले कमायो ४७ करोड ९२ लाख, बीमा कम्पनीहरु मध्येमा सबैभन्दा धेरै चुक्ता पुँजी 

kharibot

काठमाडौं। नेपाली बीमा कम्पनीहरु मध्येमा सबै भन्दा बढी चुक्ता पुंजी भएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४-०७५ मा ४७ करोड ९२ लाख ५७ हजार आठ सय ३० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यसमा अघिल्लो बर्षको भ्यालुयेशन पछिको नाफा भने जोड्न भने बाँकी रहेको कम्पनीले जनाएको छ। अघिल्लो आवमा लेखा परिक्षण हुुंदा कम्पनीको यस्तो नाफा एक अर्ब ४६ लाख ३४ हजार एक सय २३ रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी चार अर्ब ३९ करोड ६९ लाख २८ हजार छ सय ४८ रुपैयाँ रहेको कम्पनीको आव २०७४—०७५ मा प्रति सेयर आम्दानी १० रुपैयाँ ९० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ८७ रुपैयाँ ५४ पैसा रहेको छ ।

कम्पनीको हालसम्म कुुल बीमा शुल्क आर्जन रकन ६८ अर्ब ५५ करोड ५७ लाख १७ हजार रुपैयाँ रहेको छ । आव २०७४—०७५ मा भने कम्पनीले १६ अर्ब १७ करोड ८७ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा हाल कुुल कायम रहेको बीमा लेख संख्या ११ लाख ५२ हजार आठ सय ६० रहेको छ ।

कम्पनीले यस आवमा छ अर्ब २१ करोड ९१ लाख ६१ हजार रुपैैयाँ कुुल दावी भुक्तानी गरेको छ । जसमा डेथ क्लेम, म्यचुरीटि क्लेम र सर्भाइबल क्लेम गरि सो दाबि भुक्तानी गरिएको कम्पनीले जनाएको छ। 

यस अवधिमा कम्पनीको कुुल दावी भुक्तानी संख्या भने ३८ हजार चार सय ९९ रहेको छ । कम्पनीले बुुधबार सार्वजनिक गरेको आव २०७४—०७५ को अपरिष्कृत बित्तीय बिवरण अनुसार भुक्तानी हुुन बाँकी दावी रकम भने एक अर्ब ५५ करोड ९९ लाख ४४ हजार रुपैयाँ रहेको छ । आव २०७४—०७५ मा कम्पनीको प्रति सेयर कुुल सम्पतीको मुल्य १३ सय ३६ रुपैयाँ पुुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै