• २०८१ बैशाख १३ बिहीबार

पर्यटन प्रवर्धन : पहिला देश अनि विदेश-भिटोफ

kharibot

भिटोफका अध्यक्ष ध्रुब सिंखडा

काठमाडौँ। समृद्ध नेपालको नारा घन्किदै गर्दा समृद्धिकै सायक सिद्ध हुने महत्वपुर्ण पाटो पर्यटन विकासलाई नजरअन्दाज गर्न सकिदैन । पर्यटन विकासको क्षेत्रमा पछिल्लो समय सरकार पनि सक्रिय रुपमा क्रियाशिल देखिन्छ  । पर्यटनको महत्व बुझेर नै सरकारले २०२० सम्ममा २० लाख  बाह्य पर्यटन भित्र्याउने लक्ष्य राखेको छ ।

दुई दशक लामो समय देखि ग्रामीण क्षेत्रमा पर्यटन पर्वधन गर्ने कार्यमा सक्रिय रहेको गाँउ पर्यटन प्रवर्धन केन्द्र भिटोफले २२ औं कार्यसमिति पाएसँगै सबै भन्दा पहिला केन्द्रिकृत यो संस्थालाई प्रादेशीक रुपमा शाखा विस्तार गर्दै  सातै प्रदेशमा विकेन्द्रीकरण गर्ने कार्यलाई पहिलो प्राथामिकतामा राखेको छ । क्रमशः आन्तरिक पर्यटनको लागि घोषणा गरिएको गाँउमा सेवामुखी बनाउने स्थानीय उत्पादनलाई अझ बढी उत्पादनमुखी बनाउन बनाउने तर्फ लाग्ने भन्ने किसिमको विविध कार्यक्रमहरुका साथै घरबासलाई व्यवस्थित बनाउने योजना सहित हामी अगाडि बढेका छौं । स्तरीय कसरी बनाउन सकिन्छ भनेर तालिमको व्यवस्था गरेर छुट्टै किसिमको नयाँ ढंगले अगाडि बढ्नेछौं ।

घोषणा गरेको गाँउहरुमा नै पनि भ्रमण गर्न असजिलो भइरहेको वर्तमान अवस्थालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं । त्यस्ता ठाँउहरुको प्रवद्धनको सन्दर्भमा कुनै पनि कसर बाँकी नराखी अगाडि बढ्नु पर्छ भन्ने कुरामा निश्चित छौं । 

अहिलेको कुरा गर्ने हो भने भिटोफको सिफारिसमा सरकारले घोषणा गरेका ती गाँउको बारेमा सबैलाई थाहा छैन । त्यसलाई चाहिँ इन्टरनेटको माध्यमबाट क्लीक गरेपछि सबै घोषणा गरिएको पर्यटकीय गाँउको सबै कुरा देख्न सकिने गरेर डिजिटलाई प्रविधिको विकास गर्ने तयारीमा छौं । सरकारी कर्मचारीलाई अनिवार्य रुपमा सरकारले तोकेको गाँउमा उपस्थिति गराउने व्यवस्था मिलाउन पहल गर्ने र त्यसमा मात्र सफल हुदा पनि धेरै दृष्टिबाट फाइदा हुने देखिन्छ । भिटोफको सिफारीसमा सरकारले विश्व पर्यटन दिवशको दिन पारेर सरकारले घोषणा गरेको स्थानमा ती ठाउँमा सबै गए भने त्यो ठाँउको प्रर्वद्धन हुने काम गर्न सकिन्छ ।

पर्वतीय पर्यटन मात्र भन्थ्यौं अहिले चाँहि ग्रामीण पर्यटन राम्रो फस्टाएको छ ।  यो वर्ष आन्तरिक पर्यटन धेरै घुमफिर गरेका छन् । यो वर्ष लगभग ४० लाखको हाराहारीमा आन्तरिक पर्यटनले नेपालका विभिन्न स्थानहरुको भ्रमण गरेका छन् । 

ग्रामीण पर्यटनको लागि यो एउटा आशालाग्दो संकेत हो । यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव आर्थीक समृद्धिमा आएर ठोकिन्छ ।  पर्यटनको विकास समृद्धिको सहायक सिद्ध  हुन्छ नै ।

संभावना मुख्यता बाटोघाटोको अहिले समस्या छ ।  कतिपय घरबास योजनाहरु कन्टक्सन लगायतका कुराहरु भइसकेको छैन  । यसमा अलिकति चुनौति पनि छ । सरकारवालाहरुसँग सहयोग लिदै घोषणा गरिएको ठाँउहरुको प्रसार गर्न प्रयत्न गर्नेछौं । नेपालका हरेक गाँउहरु पर्यटकका दृष्टिले संभावित क्षेत्रहरु हुन । यो ठाँउ सम्भावित छ भनेर सकिने ठाँउहरु नै छैन् । नेपालका प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक रुपले, त्यहाँको अर्गानिक उत्पादनको हिसावले पनि धेरै ठाँउहरु उत्कृष्ट छन् । त्यही उत्कृष्टताको हिसावले पनि केही सर्वोकृष्ट ठाँउहरु छानेर पहिचान गरेर प्रर्वद्धन गर्ने काम गरिरहेका छौं ।  ग्रामीण क्षेत्रका धेरै ठाँउहरु आफैमा राम्रा छन् । 

“होमस्टे ट्रेकिङ ट्रेल” एक होमस्टेबाट अर्को होमस्टेसम्म भिटोफ नेपाल र पोखरा शाखाबाट सयुक्त प्रयासमा एउटा कास्कीको ताङ्तिङ— हेम्जाकोट सम्म एउटा ट्रेकिङक ट्रेलको शिलान्यास भइसकेको छ ।  यसैलाई नमुना मानेर अन्य स्थानहरुमा  ५-७  दिनको होमस्टे टु होमस्टेको ट्रेकिंङ ट्रेलको पनि अनुसन्धान भइरहेको छ ।  यसरी गरिने “होमस्टे ट्रेकिङ ट्रेल ” केहि त्यहि जिल्ला भित्र वा जिल्ला बाहिरको अर्को जिल्लामा पनि हुन सक्छ ।  

आन्तरिक बाह्य दुबै पर्यटकलाई फोकस गर्ने भएता पनि आन्तरिक पर्यटन बढि हने गर्दछन् । पर्वतीय पर्यटकहरुमा चाहिँ अलिकति बाह्य पर्यटकको संख्या बढि छ भने अहिले पछिल्लो समयमा आएर आन्तरिक पर्यटनको साथसाथै बाह्य पर्यटक  पनि होमस्टे तर्फ आकर्षित हुन थालेका छन् । बसोबास गर्ने क्रम बढिरहेकाके छ ।  

२०२०लाई सरकारले  भ्रमण वर्ष घोषण भएको छ त्यसलाई सफल पार्नको लागि मुख्यतया हामीले त्यो २० लाख पर्यटक ल्याउछौं भनेर मात्रै हुदैन् । यसको लागि यहाँ भौतिक संरचनाहरु बनाउन, हवाई कनेक्टीभिटीहरु बढाउन, लगायतका धेरै काम गर्न बाँकी छ  ।  त्यसको साथसाथै नेपालमा २० लाख पर्यटक आए पछि बस्ने कहाँ त बस्ने ठाँउहरु कहाँ त ? सिजनमा मात्रै पर्यटन आउने गर्दछन् ।  एकैचोटी आउदा बस्ने ठाँउ पनि छैन् । दिने हस्पिटालिटी कम छ त्यसले गर्दा घरबासको ग्रामीण क्षेत्रमा प्रवद्धन भयो भने होमस्टेमा बसेर रियल नेपाली लाइफ बुझ्दै विदेशीले नेपाली संस्कृति र जीवन शैलीसँग रमान सक्छन् ।

 भिजन २०२० लाई ग्रामीण क्षेत्रले राम्रो प्रभाव पार्न सक्छ । शहर केन्द्रित पर्यटनलाई गाँउसम्म हामीले लान सक्यौ भने त्यो गाँउको आर्थिक स्थिति पनि राम्रो हुन्छ । समृद्ध बनेर आउछ ।  एक घर एक पर्यटकको नीति समेतका अवधारणाहरु ल्याउन सकिन्छ । पर्यटक क्षेत्रमा काम गर्ने धेरै ठाँउहरु छन् । पर्यटकका संभावना भएका ठाँउहरुमा सबै किसिमले उत्कृष्ट सास्कृतिक रुपले , दृष्यावलोकनको हिसावले , रीतिरिवाजको हिसावले त्यहाँ घरबास बनाउन उत्पे्ररणा गर्ने तालिम दिने, त्यो ठाँउको प्रवद्र्धन गर्ने काम भिटोफ नेपालले गर्दछ । 

भिटोफले मूख्यतया नेपाल पर्यटन वोर्डको सहकार्यमा काम गर्ने पर्यटकसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा काम गदै आइरहेको छ । “पहिला देश अनि विदेश” भन्ने नारालाई सफल पार्न हामीले हरेक घोषणा गरेका गाँउहरुमा गएर आन्तरिक पर्यटक भएर हामी आफैले घुमौं विदेशी पर्यटकहरुलाई पनि हिमाल पर्वतको सौंन्दर्य मात्र नभएर ग्रामीण क्षेत्रको सोन्दर्यतालाई पनि बेचौं । सबै ठाँउलाई पर्यटकीय स्थल बनाएर आर्थिक समृद्धि तर्फ नेपाललाई लैजान सकिन्छ ।   

(सिंखडा गाँउ पर्यटन प्रवर्धन केन्द्र भिटोफका अध्यक्ष हुन् )
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै