• २०८१ बैशाख १४ शुक्रबार

बलिवुडको चर्चित कमेडी फिल्म हेराफेरीको तेस्रो सिरिज बन्ने निश्चित 

kharibot

मुम्बई। बलिवुडको चर्चित कमेडी फिल्म हेराफेरीको तेस्रो सिरिज बन्ने भएको छ।  

धेरै पहिले बन्ने भनिएको यो फिल्म फिल्मका तीनै अभिनेता अक्षयकुमार, सुनिल शेठी र परवेश रावलले फिल्म सुटिंगको समय दिएपछि फिल्म बन्ने निश्चित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

फिल्म आगामी डिसेम्बर देखि फेब्रुअरीको बिचमा सुर्टिंग सुरु हुने बताइएको छ भने फिल्म २०१९ को मध्यसम्म रिलिज हुने बताइएको छ। फिल्मका निर्देशक इन्द्रकुमारले यसअघि मे महिनामा नै फिल्म बन्ने घोषणा गरेपनि फिल्मका प्रमुख कलाकारले समय नदिएपछि हेराफेरी ३ अनिश्चित बनेको थियो। 

सन् २००० मा बनेको हेराफेरीको दोस्रो सिरिज सन् २००६ मा आएको थियो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै