काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले भदौ २ गते प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।
मुख्यमन्त्री लालबाबु राउत गद्दीले मंगलबार बिहान प्रदेश सभामुख सरोजकुमार यादवलाई प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले नै सम्बोधन गर्ने हुनाले प्रदेशका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थितिका लागि सचिवालयले आग्रह गरेको छ । यसअघि प्रधानमन्त्री ओलीले प्रदेश १, ३ र गण्डकीलाई सम्बोधन गरिसकेका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा सम्बोधन गर्ने भएपछि सचिवालयले भव्य तयारी थालेको छ ।