आचारसंहिता उल्लंघन हुन्छ भन्ने, मनोविज्ञान अन्त्य गर्न आवश्यक छ– प्रमुख निर्वाचन आयुक्त

खरीबोट

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताएका छन् । 

प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । 

निर्वाचनमा हुनसक्ने आर्थिक चलखेलको सुक्ष्म अनुगमन गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “आम जनतामा निर्वाचनमा आचारसंहिता उल्लंघन हुन्छ भन्ने मनोविज्ञान अन्त्य गर्न आवश्यक छ, पैसाको धाकमा निर्वाचनलाई धुमिल हुन नदिनेतर्फ अनुगमनकर्ता सचेत हुनुपर्दछ ।” 

आयुक्त सुधीरकुमार शाहले प्रचारप्रसारलाई भड्किलो हुनबाट रोक्न र निर्वाचन खर्चलाई आचारसंहिताको सीमाभित्र कायम राख्न सुक्ष्म अनुगमनकर्ताले दिने सूचना प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । 

आयोगका सहसचिव दीपक सुवेदीले उम्मेदवारले गर्ने खर्चको सीमा र समग्रमा निर्वाचन आचारसंहिता पालना भए नभएकोबारे मसिनोसँग अनुगमन गर्न निर्देशन दिए । 

आयोगले प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा भदौ २४ गतेदेखि असोज ४ गतेसम्म निर्वाचन अनुगमनका लागि ४० जना सुक्ष्म अनुगमनकर्ता खटाएको हो । 

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कुल छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।  

सम्बन्धित समाचार

सौराहा पर्यटन क्षेत्र व्यवस्थित गर्न ‘आचारसंहिता’ जारी

रत्ननगर, चितवन । चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् ।  ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता

माओवादी अध्यक्षसहित उम्मेदवारबाट आचारसंहिता पालना गर्ने प्रतिबद्धता

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना तर्फबाट निर्वाचन आचारसंहिताको पूर्णपालना गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एवं आचारसंहितासम्बन्धी

आचारसंहिता पालना नगर्ने पत्रकारलाई कारबाही गरिने

भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समाचार सम्प्रेषण गर्दा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कारबाही गरिने भएको छ ।  शुक्रबार भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा मुख्य निर्वाचन तथा

आचारसंहिता पालना गर्न मोरङमा सर्वदलीय बैठक

विराटनगर / मोरङ जिल्लामा रहेको मतदानस्थलमा मतदान कार्यमा सहजता ल्याउन आवश्यक भौतिक सामग्री व्यवस्था गर्न तथा आचारसंहिता पालना गर्न आज यहाँ आयोजित सर्वदलीय बैठकले सहमति जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालयद्वारा