• २०८१ बैशाख १३ बिहीबार

तनहुँमा बस र ट्रक ठोक्किँदा सोह्र घाइते

kharibot

तनहुँ । बुधबार बिहान व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गमा दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक ठोक्किंदा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै