एनआईसी एशियाले गर्यो चौथो पटक डलरको आयात, ग्राहकले रित्तो हात फर्किनु नपर्ने

खरीबोट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात जारी राखेको छ ।

बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको माग पनि बढ्ने भएकाले उक्त मागलाई पूर्ति गर्नका लागि चौथो पटक ५० लाख नगद डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन शुरु गरेको जानकारी दिएको छ ।

यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैंकले बताएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ ।

यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गका बैंकहरुलाई विदेशवाट नगद डलर आयात गरी सप्लाइ गर्न परिपत्र जारी भएपछि विदेशबाट डलर आयात गर्ने एनआईसी एशिया पहिलो बैंक बनेको थियो । 

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ । 

बैंकले हालका लागि काठमाडौँ भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई भिसा इन्टरनेश्नल डेभिट कार्ड मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ । 
 

सम्बन्धित समाचार

एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच सम्झौता 

काठमाडौँ  । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

रुपन्देही । एनआईसी एशिया बैंकको नयाँ शाखा देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीबाट विधिवत् समुद्घाटन भएको छ  । शाखा

एनआईसी एशिया बैंकको सी-आस्वा सेवा सञ्चालन

एनआईसी एशिया बैंक लिमिटेडले सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ ।  नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा आगामी फागुन ११ गतेदेखि अनिवार्य रुपमा सी-आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन

एनआईसी एशिया बैंकको सञ्चालन मुनाफामा २५ प्रतिशतले वृद्धि

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४-७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानीअघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।  बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको