एनआईसी एशियाले गर्यो चौथो पटक डलरको आयात, ग्राहकले रित्तो हात फर्किनु नपर्ने

खरीबोट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात जारी राखेको छ ।

बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको माग पनि बढ्ने भएकाले उक्त मागलाई पूर्ति गर्नका लागि चौथो पटक ५० लाख नगद डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन शुरु गरेको जानकारी दिएको छ ।

यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैंकले बताएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ ।

यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गका बैंकहरुलाई विदेशवाट नगद डलर आयात गरी सप्लाइ गर्न परिपत्र जारी भएपछि विदेशबाट डलर आयात गर्ने एनआईसी एशिया पहिलो बैंक बनेको थियो । 

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ । 

बैंकले हालका लागि काठमाडौँ भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई भिसा इन्टरनेश्नल डेभिट कार्ड मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ । 
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानमा पनि खुलेको छ । प्युठानको जुम्री, स्थित जुम्री शाखाको एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट विधिवत् रुपमा औपचारिक समुद्घाटन

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु जुम्ला र बर्दिबासमा 

काठमाडौँ । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा एक समारोहका बिच औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न भयो । जुम्ला

एनआईसी एशिया ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्टसँग सम्झौता 

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रु.३ अर्ब बराबरको “एनआईसी एशिया ऋणपत्र २०८१÷८२” निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन

एनआईसी एशिया बैंकको नयाँ शाखा रुकुमको मुसिकोटमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा मुसिकोट नगरपालिकाको  बागबजार, स्थित रुकुम शाखाको एक समारोहका बिच उद्घाटन गरिएको छ । शाखाको उद्घाटन रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेक बहादुर पुनले