• २०८१ बैशाख १३ बिहीबार

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

kharibot

भक्तपुर। सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् । 

द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोक चौताराकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ र मैया श्रेष्ठलाई ठक्कर दिएको थियो । 

उक्त दुर्घटनामा लक्ष्मीको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै