• २०८१ बैशाख १२ बुधबार

प्रदेश ५ को सरकारी खर्चलाई मितव्ययी बनाउन निर्देशिका जारी 

kharibot

बुटवल। प्रदेश सरकारको गर्ने खर्चलाई मितव्ययी बनाउन प्रदेश ५ को सरकारले प्रदेश सरकार, प्रदेश नं ५ सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद्को आज मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका स्वीकृत गरी जारी गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता भौतिक योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए । 

यस्तै बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा गुल्मी स्थायी घर भएका डा विष्णुप्रसाद गौतमलाई नियुक्ति गर्ने निर्णय गरेको छ । नवनियुक्त सदस्य गौतम काठमाडौँ विश्वविद्यालयमा अध्यापन गर्दै आएका छन् । उनले पुलचोक इञ्जिनियर क्याम्पसबाट इञ्जिनियरिङ, जापानबाट एप्लाइड मेकानिकल स्ट्रक्चर विषयमा स्नाकोत्तर र क्यानाडाको टोरन्टोबाट कङ्क्रिट विषयमा विद्यावारिधि गरेका छन् । 

बैठकले पूर्वी रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र सार्ने पालिकाको दुई तिहाइ बहुमतले गरेको निर्णयलाई स्वीकृतिका लागि प्रदेश सरकारसँग माग गरेकामा प्रदेश सरकारले संघीय सरकारलाई पठाउने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए । संविधानअनुसार कुनै पनि स्थानीय पालिकाका केन्द्र सार्ने निर्णयलाई प्रदेश सरकारले स्वीकृत गरी अनुमोदनका लागि सङ्घीय सरकारमा सिफारिश गर्ने व्यवस्था छ । 

उक्त गाउँपालिकाको यस केन्द्र हाल कोल भन्ने स्थानमा रहेकामा सबै जनतालाई पायक पर्ने तक्सेरामा सार्न प्रस्ताव गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै