• २०८१ बैशाख १३ बिहीबार

किरण चेम्जोङको उत्कृष्ट बचाउसँगै नेपाल जापानसँग १-० गोलले पराजित

kharibot

काठमाडौँ।  इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपाल जापानसँग १-० गोल अन्तरले पराजित भएको छ ।

इन्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा एक गोल खाएको थियो । जापानको लगातारको आक्रमणलाई नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए। यस अघि भएका एसियन गेम्सको फुटबलका तीन खेलमा नेपाल ठुलो अन्तरले पराजित भएको नेपाल यस खेलमा केबल एक गोलले पराजित भएकाले पनि नेपालले चित्त बुझाएको छ।  

यसअघि सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा पहिलो पटक जापानसँग खेलेको नेपालले ५–० गोल अन्तरमा पराजित भएको थियो । सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग ५ -० ले नै पराजित भएको थियो । पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा पनि नेपाल जापानसँग ४–० गोल अन्तरमा पराजित भएको थियो। तीन पटकमा १४ गोल खाएको नेपालले जापानविरुद्ध अहिलेसम्म कुनै गोल गर्न सकेको छैन ।

इन्डोनेसिया जानुअघि नेपाललले थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण लिएको थियो। थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको नेपालले दुबै खेलमा पराजित भएको थियो ।

एसियन गेम्सको औपचारिक उद्घाटन शनिबार हुने भएपनि फुटबलसहितका केही खेलहरू उद्घाटन अगावै सुरू भइसकेका छन्।

नेपाली टोलीको नेतृत्व गोल किपर किरण चेम्जोङले गरेका छन् । अन्डर २३ को खेल भएकाले त्यो भन्दा बढी उमेरका ३ जना खेलाडी समावेश हुन् पाउने हुनाले नेपालबाट सिनियर टोलीका तीन खेलाडी चेम्जोङसहित मिडफिल्डरहरु रोहित चन्द र बिशाल राई टिममा रहेका छन् ।

एसियन गेम्सको समूह डीमा रहेको नेपालले दोस्रो खेल १६ अगस्टमा भियतनामसँग र १९ अगस्टमा पाकिस्तानसँग खेल्नेछ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै