• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशिया बैंकको प्रभु लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

kharibot

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएकाबैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमाप्रभु लाईफइन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिदगर्न सकिने भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल मुलुकभर २३७  शाखाकार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ। बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५३ अर्बपुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू.१२४ अर्ब रहेको छ।  हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै