• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानमा अमेरिकी सैनिक मारिए

kharibot

वासिङटन। अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ । 

अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा परी मृत्यु भएको हो । अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ । 

तालिबान विरुद्धको लडाईमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै